Thursday, October 15, 2026
Home अपराध लागुऔषधसहित दुई पक्राउ

लागुऔषधसहित दुई पक्राउ

235

साउन ५,
बाँके । प्रहरीले तीन सय ट्वाब्लेट नाइट्रोजेपामसहित दुई जनालाई नेपाल–भारत सीमा जमुनहाबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण व्युरो नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनहाको प्रहरी टोलीले लागुऔषधसहित दुई जनालाई सीमा नाकाबाट पक्राउ गरेको हो। नेपाल–भारत आवतजावत गर्ने सर्वसाधारणलाई चेकजाँच गर्ने क्रममा भारत रुपइडिहाबाट नेपालगन्जतर्फ आउँदै गरेका नारायण नगरपालिका–९, दैलेखका विकास रावल र ढुंगेश्वर गाउँपालिका–१ दैलेखका प्रकाश विष्ट लागुऔषधसहित पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ। उनीहरूले कम्मरमा लुकाएको १५०–१५० ट्याव्लेट नाईट्रोजेपाम फेला परेपछि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।