सरकार द्वन्द्वमा उत्रियो…रामचन्द्र पौडेल

558

साउन ५,
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललले सरकार द्धन्द्धमा उत्रेको दाबी गरेका छन्। शनिबार अनसनरत डा। गोविन्द केसीकोको माग पूरा गर्नको लागि दबाब दिन प्रदर्शनमा आएका नेता कार्यकर्तामाथि लाठी चार्ज भएपछि वरिष्ठ नेता पौडेलले सरकार द्वन्द्व तर्फ उद्दत रहेको बताएका हुन्। यो निन्दनीय कार्य भइरहेको छ, सरकार द्वन्द्वमा उत्र्यो यसको निन्दा गर्दछुु तरुणदल अध्यक्ष जीतजंग बस्नेत हसितका घाइते कार्यकर्ता भेट्न सिभिल अस्पताल पुगेका नेता पौडेलले भने। उनले गोविन्द केसीको मागलाई तत्काल पूरा गरेर अघी बढ्नको लागि समेत सरकारसँग आग्रह गरेका छन्। वार्ताबाट समस्या समधान गर्नुको सट्टा सरकार बलमिच्याइ गरेर अघि बढेको आरोप पौडेलको छ। बल प्रयोग समधानको बाटो नभएको भन्दै जायज माग पूरा गरेर अघि बढ्नको लागि सरकारलाई आग्रह गरेका छन्। शनिबारको प्रदर्शनका क्रममा घाइते कांग्रेस कार्यकर्ताहरूको काठमाडौंको सिभिलअस्पतालमा उपचार भइरहेको छ। अध्यक्ष बस्नेतको टाउकोमा चोट लागेको छ। त्यस्तै कांग्रेस शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा महासचिव सहति दर्जन बढी कार्यकर्ता घाइते भएका छन्।