Thursday, September 24, 2026
Home अपराध शैलीमा मुश्लिम महिलाको उद्धार

शैलीमा मुश्लिम महिलाको उद्धार

141

साउन ६,
लुम्बिनी–रुपन्देहीमा तीन तलाकबाट पीडित एक मुस्लिम महिलालाई प्रहरीले उद्धार गरेको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.५ मोहसड निवासी २६ बर्षीया सबिना खातुनलाई आफ्नै पतिले तीन तलाक दिई वहुविवाह गरिरहेका बेला उनको प्रहरीले उद्धार गरेको हो । स्थानीय २७ बर्षीय जाबेद मुसलमानले श्रीमती सबिनालाई तीन तलाक दिई कपिलवस्तुको एक गाँउमा पुर्नविवाह ९निकाह० गर्न लाग्दा प्रहरीले फिल्मी शैलीबाट घेरा हाली बहुविवाह हुनबाट रोकेको हो । पाँच बर्षीय एक सन्तान समेत रहेकी पीडित महिलाले दिएको उजूरीको आधारमा आफूले बहुविवाह गर्नबाट रोकेर ती दम्पतीलाई पुनःमिलन समेत गराई घर पठाएको ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोख्रेलले जानकारी दिए ।

उद्धारका क्रममा प्रहरीको गाडी देखेर तयारी अवस्थामा रहेका जन्तीहरु समेत खाना छाडेर भागाभाग मच्चिएको थियो । त्यसलगत्तै स्थानीयको सहयोगमा बेहुला मुसलमानलाई समात्न प्रहरी सफल भएको थियो । अहिले उनी पहिलाकै श्रीमतीलाई भित्रयाउने शर्तमा दुवैको राजीखुशीमा घरमा शान्तपूर्वक बस्न थालेको प्रहरी निरीक्षक पोखरेलको भनाई छ । -रातोपाटीबाट