Monday, September 28, 2026
Home राजनीति जनताको भावनाअनुसार काम गर्नुपर्छः नेता महत

जनताको भावनाअनुसार काम गर्नुपर्छः नेता महत

116

साउन ६,
नवलपरासी । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकारले जनताको भावनाअनुसार प्रभावकारीरुपमा काम गर्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति नवलपरासीले आज बर्दघाटमा आयोजना गरेको ३६ औँ विपी स्मृति दिवसको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार जनताको भावनाअनुसार गर्ने कामभन्दा पनि अन्य काममा अल्मलिएको आरोप लगाउनुभयो ।
उहाँले संविधान निर्माणदेखि कार्यान्वयनसम्म काँग्रेसको प्रमुख भूमिका रहेको बताउँदै तिनै तहको निर्वाचन सम्पन्न गराएर संविधान कार्यान्वयनको महत्वपूर्ण थालनी गरेको दाबी गर्नुभयो ।