Wednesday, June 17, 2026
Home Blog Page 1933
साउन २६, मताराम, इन्डोनेसिया, २६ साउन ९रासस÷एएफपी० ः इन्डोनेसियाको लोम्बोक द्वीपमा एक हप्ता अगाडि गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८७ पुगेको छ । भूकम्पको कारण हजारौ विस्थापित भएका छन् । ती व्यक्ति स्थानीय शरणार्थीस्थलमा बसोबास गर्न बाध्य भएका छन् । भूकम्प गएका एक हप्ता बिति सक्दा पनि पीडितलाई खाध्य पदार्थ, औषधि र सफा खानेपानीलगायत सुत्ने स्थानको समेत...
साउन २६, नवलपरासी । पश्चिम नवलपरासीका उखु किसानले सरकारले निर्धारण गरेअनुसार चिनी उद्योगबाट उखु बिक्री गरेबापतको बाँकी रकम भुक्तानी पाउन सकेका छैनन् । सरकारले उखुको मूल्य प्रतिक्विन्टल रु ५३६।५६ पैसा निर्धारण गरे पनि उखु किसानलाई उद्योगले प्रतिक्विन्टल रु ४६५.९२ पैसाका दरले मात्र रकम दिँदै आएको छ । सरकारले तोकेको मूल्यअनुसार किसानले रकम नपाउँदा उनीहरु ठगिन बाध्य भएको उखु उत्पादक...
साउन २६, चितवन । पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका पछिल्ला क्रियाकलापका बारेमा समीक्षा सुरु गरिएको बताएका छन् । गृह जिल्ला चितवन आएका प्रचण्डले जनताका गुनासा, चिन्ता र चासोका विषयमा सरकार जानकार रहेको भन्दै कही कतै कमी भएको छ भने समीक्षा गर्न पार्टी र सरकार तयार रहेको बताए ।कतिपय घटनामा सरकार मुकदर्शक भएको टिप्पणी भइरहेको भन्दै उनले त्यो...
साउन २६, सिरहा । सिरहाको गोलबजार नगरपालिका–१० डन्डामा पोखरीमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ । बाख्रा चराउन गएको बेला सातपत्रे बाँध ९पोखरी० मा नुहाउने क्रममा करीब ५५ वर्षीय शिवु सदाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक भागीरथ रेग्मीले जानकारी दिनुभयो । सदाको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहान पठाइएको...
साउन २६, काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अब सबै मिलेर देश बनाउने संकल्प गर्नुपर्ने बताउनुभएको छ । आज काभ्रेलाञ्चोकको धुलिखेलमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा, सिङ्गापुर रेडक्रस र प्रारम्भ संस्था ललितपुरको संयुक्त आयोजनामा भएको प्राथमिक स्वास्थ्य सामग्री वितरण कार्यक्रममा बोल्नुहुँदै मन्त्री बाँस्कोटाले समृद्धिका लागि गरिबीविरुद्ध लड्नुपर्ने समय आएको बताउनुभयो । उहाँले राष्ट्रले लिएको समृद्धिको अभियानलाई साकार...
साउन २६, भक्तपुर । भक्तपुर नगरपालिकाले गत आर्थिक वर्ष २०७४÷७५ मा पर्यटन शुल्कबाट रु २४ करोड १४ लाख ४१ हजार रु आम्दानी गरेको छ । गतवर्ष भक्तपुर अवलोकनका लागि आएका दुई लाख २७ हजार ६१४ विदेशी पर्यटकबाट नगरपालिकाले सो रकम आम्दानी गरेको हो । गतवर्ष चीनसहित दक्षिण एशियाली मुलुकका ९९ हजार ९८० र तेस्रो मुलुकका एक लाख २७...
साउन २६, चतवन । चितवनको नारायणगढ­मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएका छन् । आज बिहान ४ः४० बजे भारतबाट काठमाडाँै जाँदै गरेको एमएच९४२९टी ९०३४३ नम्बरको चाउचाउ र पापड बोकेको भारतीय ट्रक जुगेडी पुलबाट अन्दाजी ५० मिटर खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रहरीका अनुसार...
साउन २५, रुकुम । पश्चिमको चौरजहारी अस्पताल प्रशासन र मृतकका आफन्तबीच शुक्रबार सहमति भएको छ। सहमतिपश्चात् ६ दिनपछि आफन्तले मृतकको शव बुझेका छन्। उपचारको क्रममा गत श्रावण २० गते मृत्यु भएकी जाजरकोट भेरी नगरपालिका १३ कुदु निवासी यशोदा मल्ल रोकायको शव पोष्टमार्टमपछि आफन्तले बुझेका हुन्। दुई पक्षबीच भएको वार्तामा मृतकका बालबच्चाहरूलाई अस्पतालले पठनपाठनमा सहयोग गर्ने मौखिक सहमतिअनुसार शव बुझेको परिवारका...
साउन २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका बंगलादेशका विद्युत्, ऊर्जा र खनिज राज्यमन्त्री नसरुल हमिदबीच दुई देशबीचको आपसी हित, व्यापार तथा वाणिज्यलगायत विषयमा छलफल भएको छ। सो अवसरमा प्रधानमन्त्री ओलीले आगामी भदौ १४ र १५ गते हुन लागेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक शिखर सम्मेलनका क्रममा बंगलादेशका प्रधानमन्त्री शेख...
साउन २५, बेनी । नगरपालिका–८ क्याम्पसचोक निवासी दिलमाया पुन ५३ वर्ष भइन्। घरायसी काममै दैनिकी बिताउने गरेकी पुन गएको वैशाखदेखि विद्यालय जान थालेकी छिन्। त्यसकारण उनको दैनिकी हिजोआज फेरिएको छ। कक्षा १ मा भर्ना भएर उनी अहिले औपचारिक अध्ययनमा लागेकी छिन्। सानो छँदा विद्यालय जानै नपाएकी पुनको पढ्ने रहर बेनीमा रहेको उज्यालो वैकल्पिक विद्यालयले पूरा गरिदिएको छ। पुन जस्तै...