डुबेर वृद्धको मृत्यु

110
सांकेतिक तस्विर

साउन २६,
सिरहा । सिरहाको गोलबजार नगरपालिका–१० डन्डामा पोखरीमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ । बाख्रा चराउन गएको बेला सातपत्रे बाँध ९पोखरी० मा नुहाउने क्रममा करीब ५५ वर्षीय शिवु सदाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक भागीरथ रेग्मीले जानकारी दिनुभयो । सदाको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहान पठाइएको प्रहरीले जनाएको छ ।