विप्लवप्रति सरकार आक्रामक भएको छैनः प्रचण्ड

229
पुष्पकमल दाहाल

साउन २६,
चितवन । पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका पछिल्ला क्रियाकलापका बारेमा समीक्षा सुरु गरिएको बताएका छन् । गृह जिल्ला चितवन आएका प्रचण्डले जनताका गुनासा, चिन्ता र चासोका विषयमा सरकार जानकार रहेको भन्दै कही कतै कमी भएको छ भने समीक्षा गर्न पार्टी र सरकार तयार रहेको बताए ।

कतिपय घटनामा सरकार मुकदर्शक भएको टिप्पणी भइरहेको भन्दै उनले त्यो गलत भएको दाबी गरे ।‘पछिल्लो समयमा भएका कतिपय घटनाक्रममा सरकार मुकदर्शक बन्यो वा चुप लागेर बस्यो भन्ने कुरा साँचो होइन,’ प्रचण्डले भने, ‘यी सबै घटनाक्रमहरु नियन्त्रणमा छन् । सरकार दृढताका साथ अघि बढेको छ । विकास र समृद्धिको एजेण्डा र सुशासनका निम्ति प्रयास भइरहेको छ ।’