Wednesday, June 17, 2026
Home Blog Page 1932
नयाँ पत्रिका दैनिक- साउन २८, काठमाडौं । नेपालमा पुरुषभन्दा महिलाको संख्या करिब ८ लाख बढी छ । तर, छोरी जन्मने क्रम हरेक वर्ष घट्दै छ । छोरीको जन्मदर अहिलेकै अनुुपातमा घट्दै जाने हो भने केही वर्षभित्रै देशमा लैंगिक असन्तुलन आउनेछ । विज्ञहरूका अनुसार सुरुमा छोरा जन्मिए अर्को सन्तान नजन्माउने, पहिलो छोरी जन्मिए दोस्रो सन्तान पाउँदा लिंग पहिचान गरेर गर्भपतन गराउने, छोराको चाहना बढी...
बलिउड नायक सलमान खान तथा नायिका दिपिका पादुकोणलाई दर्शकले अहिलेसम्म एकै फिल्ममा देख्न पाएका छैनन्। हुन त दिपिकाले धेरैपटक सलमानसँग फिल्म खेल्ने ईच्छाको बारेमा बताउँदै आएकी थिईन्। सलमानले भने यसमा ध्यान दिएका थिएनन्।अब भने दिपिकाको सलमानसँग काम गर्ने धोको पुरा हुने भएको छ। बलिउड सञ्चारमाध्यमले जनाएअनुसार अब निर्देशक सञ्जय लीला भंंसाली उनीहरू दुवैलाई लिएर फिल्म ईशा अल्लाह बनाउन...
साउन २७, काठमाडौं । नेपाल सरकारले भक्तपुरमा ५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने तयारी गरेको छ । उक्त रंगशाला बनाउने र बनाउन नदिने विषयमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का प्रेम सुवाल र २ का महेश बस्नेतको जुहारी चलिरहेको छ । एकतातिर नेकपाका सांसद बस्नेत भक्तपुरमा जसरी पनि रंगशाला बनाउने भन्नेमा लागिपरेका छन् । अर्का तिर नेमकिपाका सांसद...
साउन २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्र,प्रेस स्वतन्त्रता र मानअधिकारप्रति प्रतिवद्ध रहेको दावी गरेका छन् ।नेपाल मिडिया सोसाइटीको नवनिर्वाचित कार्य समितिलाई आइतबार बालुवाटारमा बधाइ ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएको, त्यसका लागि आफू १४ बर्ष जेल बसेको, पार्टीका कयौं नेता, कार्यकर्ता सहीद भएकोले वर्तमान सरकार र नेपाल कम्यूनिष्ट पार्टीबाट लोकतन्त्रलाई कहिल्यै पनि खतरा नहुने...
साउन २७, काठमाडौं चिकित्सकले उपचारमा लापरबाही गरी बिरामीको ज्यान गए ‘जन्मकैद’ सजाय हुने भएको छ । यसअघि लापरबाही गरी बिरामीको मृत्यु भए पवा अंगभंग भए चिकित्सकलाई पाँच सय रुपैयाँ जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था थियो । अब उपचारमा लापरवाही गरी बिरामीको ज्यान गए वा शरीरमा कुनै क्षति पुगे उपचारमा संलग्न चिकित्सकले जन्मकैद सजाय...
साउन २७, काठमाडौं । सिंहदरबारमा दैनिक २ हजार ५ सय भन्दाबढी मानिस प्रवेश गर्ने गरेका छन् । संविधानअनुसार सिंहदरबारको अधिकार गाउँ गउँमा पुगे पनि नागरिकहरु भने सिंहदरबार धाउने क्रम घटेको छैन । विकास निर्माणको योजनाको र सरुवा बढुकाको काम लिएर नागरिकहरु सिंहदरबार धाउने क्रम अझै जारी छ । सिंहदरबारमा रहेका चार वटै गेटबाट दैनिक २ हजार ५ सय मानिस प्रवेश...
साउन २७, जाडो होस् या गर्मी, घरमा होस् या सार्वजनिक ठाउँ उनी गम्लङ्ग पछ्यौरा ओढ्छन् । कसैसँग बोल्न पनि त्यति मन गर्दिनन् ।कोही ब्यक्ति आफ्नो अगडी उभिँदा मात्रै पनि उनलार्य डर लाग्छ ।त्यो डर कसैले केही गर्ला भन्ने नभइ, आफु नो कुरुपता देख्ला र सोधिहाल्ला भन्ने डर हो । ४६ बर्षीया उनी १५ बर्षदेखि एचआईभी संक्रमणको पीडित छन् । उनी...
साउन २६, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अन्तरदेशीय प्रसारण लाइनको स्तरोन्नति गर्न लागिएकाले केही औद्योगिक क्षेत्रमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले एक सूचनामार्फत ढल्केवर–मुज्जफरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनलाई यही साउन २८ गतेदेखि ३१ गतेसम्म स्तरोन्नति गर्न लागिएको जनाएको छ । हाल सो प्रसारण लाइन १३२ केभीमा सञ्चालन भइरहेकामा स्तरोन्नति गरी २२० केभीमा सञ्चालन गर्न लागिएको छ...
साउन २६, चितवन । चितवन प्रहरीले ठुलो परिमाणको लागूऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ न्यूरोडबाट पक्राउ परेका उनीहरु विरुद्ध मुद्धा दर्तागरी अनुसन्धान अगाडि बढाइएको चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । पक्राउ पर्नेहरुमा नवलपरासी जिल्ला गैडाकोट नग।पालिका १ का २४ वर्षीय किरण जिसी, चितवनको भरतपुर महानगरपालिका वडा नं ३ का...
साउन २६, कास्की । राप्रपा अध्यक्ष कमल थापाले देशमा राप्रपाले अवलम्बन गरेको हिन्दु राष्ट्र र राजसंस्थाको आवश्यकता र औचित्य झनै बढेर गएको बताएका छन् । मिडिया नेपाल कास्कीद्वारा शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देशमा भ्रष्टाचार बढ्दै गएको र सरकार जनमुखी हुन नसकेकाले हिन्दु राष्ट्र र राजसंस्था महत्व बढेको बताए । राप्रपा हिन्दु राष्ट्र र राजसंस्थाको रहेको भन्दै...