Sunday, September 27, 2026
Home राजनीति बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई स्वागत गर्न नेपाल सरकार आतुर

बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई स्वागत गर्न नेपाल सरकार आतुर

218

साउन २५,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका बंगलादेशका विद्युत्, ऊर्जा र खनिज राज्यमन्त्री नसरुल हमिदबीच दुई देशबीचको आपसी हित, व्यापार तथा वाणिज्यलगायत विषयमा छलफल भएको छ। सो अवसरमा प्रधानमन्त्री ओलीले आगामी भदौ १४ र १५ गते हुन लागेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक शिखर सम्मेलनका क्रममा बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई स्वागत गर्न नेपाल सरकार आतुर रहेको बताए। बङ्गलादेशी राज्यमन्त्री हमिदले नेपाल र बंगलादेशको मैत्री सम्बन्धलाई आर्थिक, सामाजिक तथा ऊर्जा सहयोगका माध्यमबाट नयाँ उचाइमा पु¥याउने लक्ष्य राखिएको बताए। दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न राज्यमन्त्री नसरुल बिहीबार यहाँ आइपुगेका हुन्।