साउन ३०,
काठमाडौं । गएको साता प्रधानमन्त्री कार्यालयका ३ जना सचिवहरु ७ वटै प्रदेशमा कर्मचारीको अवस्था, प्रदेशको समस्या, स्रोत साधनको अवस्थाबारे बुझ्न स्थलगत अध्ययनका लागि गए । उनीहरुको टोलीमा प्रधानमन्त्री कार्यालय तथा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सहसचिवहरु पनि सहभागी थिए । मन्त्रालयका सचिवहरु केदारबहादुर अधिकारी नेतृत्वको टोली प्रदेश ५, ६ र ७ मा, सचिव लालसशंकर घिमिरेको टोली ३...
साउन ३०,
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा का एक हजारभन्दा बढी जनप्रतिनिधिले पार्टीमा कार्यकारी पद नपाउने भएका छन् । साउन २४ मा बसेको पार्टी सचिवालय बैठकले जनप्रतिनिधिहरूलाई पार्टीको कार्यकारी पदमा नरहने निर्णय गरेको थियो । महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख र उपप्रमुखहरू, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरूबाहेक नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरू, प्रतिनिधिसभा संसदीय दलको उपनेता, राष्ट्रियसभामा दल नेताको...
साउन ३०,
झापाको बिर्तामोडस्थित बीएन्डसी अस्तापलले आईसीयुमा उपचाररत एक बिरामीलाई अचेत अवस्थामा डिस्चार्ज दिएको छ । उपचार खर्च धेरै उठेको बारे आलोचना भएपछि अस्तपतालले ईलामो रोङ गाउँपालिका ४ का ३३ बर्षीय अरुण तमाङलाई मंगलबार डिस्चार्ज दिएको हो । उपचार खर्च धेरै उठेको पीडितको गुनासो सञ्चार माध्यममा आएपछि अस्पतालले मंगलबार बिरामीका आफन्तसँग छलफल गरी डिस्चार्ज दिएको हो । त्यसपछि अचेत अवस्थामै...
साउन ३०,
धनगढी । स्थानीय सरकार करमा कठोर बनेको समाचार आइरहेका वेला कैलालीको धनगढी उपमहानगरपालिकाले देशलाई नै आश्चर्यमा पार्ने निर्णय गरेको छ ।आफ्नै घरवरिपरिका खोलामा डुंगा तर्न पनि स्थानीय बासिन्दाले उपमहानगरपालिकालाई कर तिर्नुपर्ने भएको छ । घाँस दाउरा गर्न खहरे खोला तर्ने नागरिकबाट कर उठाउन उपमहानगरपालिकाले ठेकेदारलाई जिम्मा दिएको छ । अब डुंगामा खोला तर्दा प्रतिव्यक्ति २५ रुपैयाँ, साइकलको १५,...
साउन २९,
धनगढी । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी घोडाघोडी नगरपालिकाका नगर इन्चार्ज छविलाल ओली धर्तीलाई प्रहरीले पक्राउ गरेको छ। बजार बन्द गराउँदै हिडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय सुखडको टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले बताए। ‘पक्राउ परेका ओलीमाथि सार्वजनिक अपराधअन्तर्गत मुद्धा चल्छ’ प्रहरी उपरीक्षक घिमिरेले भने। नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता...
साउन २९,
काठमाडौं । इन्डोनेसिया जकार्तामा नेपाली फुटबल टिमले १८ औं संस्करणको एसियन गेम्स एसियाड मा आज आफ्नो पहिलो खेल खेल्दै छ। थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण सकेर इन्डोनेसिया पुगेको नेपाली टिमले एसियाको पावरहाउस जापानविरुद्ध प्रतिस्पर्धा गर्दै छ। इन्डोनेसिया जानुअघि थाइल्यान्डमा नेपालले दुई अभ्यास खेल्यो । जहाँ नेपालको प्रदर्शन दयनीय देखिएको थियो। नेपाल र जापानबीचको खेल सिकाराङस्थित विबावा मुक्ति रंगशालामा...
साउन २९,
काठमाडौं । सांसदहरुले स्थानीय तहमा जथाभावी कर लगाईएको भन्दै त्यसलाई पुर्नविचार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबारको प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसदहरुले स्थानीय करलाई बैज्ञानिक आधारमा निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराए। त्यसैगरी सांसदहरुले आ आफ्ना क्षेत्रका विषयगत समस्यामा पनि सरकारको ध्यानाकर्षण गराएका छन्। पार्वता देशी चौधरीले स्थानीय तहमा विविध विषयमा जथाभावी कर बढाउदा सर्वसाधरण मर्कामा परेको भन्दै उनले...
साउन २९,
धनगढी । उपमहानगरले प्रत्येक घरमा चारवटा फलफुलका विरुवा लगाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।नगरपरिषदबा पारित निर्णयअनुसार अहिले प्रत्येक घरमा दुईवटा दरले फलफुलका विरुवा वितरण भईरहेको मेयर नृपबहादर वडले बताए । दुई विरुवा भने घरधनि आफैँंले अनिवार्य रुपमा लगाुनपर्नेछ ।बिरुवा नलगाउने घरधनिलाई उपमहानगरबाट पाउने सेव, सुविधा रोक्ने तयारी भईरहेको मेयर वडले बताए ।
साउन २९,
काठमाडौं । मुलुकी अपराध संहिता ऐनमा भएको केही व्यवस्थाले पत्रकरमाथि समेत पेशागत जोखिम बढ्ने देखिएको समाचार आजको कान्तिपुरले छापेको छ। वैयक्तिक गोपनीयता, गाली बेइज्जतीसम्बन्धी व्यवस्थालगायत विषयमा पत्रकारसमेत पेशागत कामकारबाीका सिलसिलामा जोडिने जोखिम बढेको हो । संहिताको भाग ३ परिच्छेद १ मा अनुमतिबेगर कसैको तस्विर खिच्न नहुने व्यवस्था गरिएको छ । तर फोटो पत्रकारका लागि सार्वजनिक सररोकारका विषयमा जोकोहीको...
साउन २९,
काठमाडौं । अखिल क्रान्तिकारी विप्लव समूहकी केन्द्रीय सदस्य उषा किरण आजाद र काठमाडौं जिल्ला सचिव तारा सन्जेल रावललाई प्रहरीले पक्राउ गरेको छ। सुरक्षा जाँचका क्रममा प्रहरीले अखिल क्रान्तिकारी विप्लव समूहकी केन्द्रीय सदस्य उषा किरण आजाद र काठमाडौं जिल्ला सचिव तारा सन्जेल रावललाई पक्राउ गरेको हो । नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहले आव्हान गरेको बन्द निष्प्रभावी बनाउन सुरक्षा...




