Monday, September 28, 2026
Home समाचार पत्रकारमाथि पेसागत जोखिम

पत्रकारमाथि पेसागत जोखिम

198

साउन २९,
काठमाडौं । मुलुकी अपराध संहिता ऐनमा भएको केही व्यवस्थाले पत्रकरमाथि समेत पेशागत जोखिम बढ्ने देखिएको समाचार आजको कान्तिपुरले छापेको छ। वैयक्तिक गोपनीयता, गाली बेइज्जतीसम्बन्धी व्यवस्थालगायत विषयमा पत्रकारसमेत पेशागत कामकारबाीका सिलसिलामा जोडिने जोखिम बढेको हो । संहिताको भाग ३ परिच्छेद १ मा अनुमतिबेगर कसैको तस्विर खिच्न नहुने व्यवस्था गरिएको छ । तर फोटो पत्रकारका लागि सार्वजनिक सररोकारका विषयमा जोकोहीको अनुमति लिएर मात्रै फोटो खिच्ने व्यवस्था व्यावहारिक रूपमा सम्भव हुँदैन।व्यक्तिले अनुमति नदिने कतिपय घटना र सार्वजनिक सरोकारका विषयसमेत आचासोका विषय हुन् । अनुमतिविना फोटो खिचिएको कसुरमा एक वर्षसम्म कैद, १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था संहितामा गरिएको छ ।संहिताकै भाग ३ को परिच्छेद २ मा गाली बेइज्जतीसम्बन्धी व्यवस्था गरिएको छ । हाल सञ्चारमाध्यम वा पत्रकारले सामना गर्नुपर्ने कठिनाइमध्ये ‘गाली बेइज्जती’को मुद्दासमेत हो ।