Wednesday, September 23, 2026
Home राजनीति देश बिगार्ने प्रचण्ड-ओली छिट्टै पतन हुन्छन् : राजेन्द्र महतो

देश बिगार्ने प्रचण्ड-ओली छिट्टै पतन हुन्छन् : राजेन्द्र महतो

50

काठमाडौं : पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरूले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप लगाएका छन्। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हुन्। उनले कम्युनिष्टहरुले नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेट्ने काम गरेको बताए। उनले नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरु आफैँ मेटिने दाबी गरे। उनले नेपालीहरुको सभ्यता, संस्कृति र धर्ममाथि बारम्बार प्रहार भइरहेको बताए।

उनले क्यापिटालिजम कम्युनिज्म दुनियाँमा असफल भइरहेको भन्दै अब नेपाली जनतालाई खोक्रो राष्ट्रवादको नाममा ठग्ने दिन गएको बताए। उनले भने, ‘कम्युनिष्टहरुले नेपालको सबै सभ्यता, संस्कृति मेटाइदिने, पहिचान मेटाउने काम गरे। धर्म मेटाइदिने काम गरे। सबै मेटाउँदा मेटाउँदै नेपालको अस्तित्व मेटाइदिने। सबै मेटाउनुको अर्थ नेपालको अस्तित्व मेटाउनु हो। नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरु आफैँ मेटिन्छन्। हाम्रा सभ्यता, संस्कृति र धर्ममाथि, हाम्रो पहिचानमाथि पटक-पटक जुन आक्रमण प्रचण्डदेखि केपी ओलीसम्मले गरेका छन्। यिनीहरुको पतन हुन्छ।’नेता महतोले अब नेपालमा आयातित विदेशी विचारबाट शासन नचल्ने बताए।