Wednesday, June 24, 2026
Home Blog Page 1872
मंसिर २०, भक्तपुर । सुर्यविनायक नगरपालिकाले देशमा बलात्कार, बालिका हिंसा र दुव्र्यवहारका घटना बढ्दै गएपछि आफ्नो नगर क्षेत्रभित्रका बालिकाहरुलाई आत्मरक्षा सीप प्रदान गरेको छ । नगरपालिकाको आर्थिक सहयोगमा सुर्यविनायक नगरस्तरिय बाल कल्याण समिति, गैरसरकारी संस्थाले दुईदिने बालिका सम्मेलनको आयोजना गरि आत्मरक्षा सम्बन्धी सीप प्रदान गरिएको हो । नगरपालिकाले आफ्नो १० वटै वडाका ११ देखी १९ बर्ष उमेर समुहका बालिकाहरुको सहभागितामा आत्मरक्षा...
मंसिर २०, भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ । नगरक्षेत्रमा लामो समयदेखि सेवा पु¥याउने अवकाशप्राप्त र उत्कृट महिला स्वास्थ्य स्वयंसेविकालाइ नगद, प्रमाणपत्र र दासल्ला सहित सम्मान गरेको हो । पन्ध्रौँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा बुधबार आयोजित स्वयंसेविका सम्मान कार्यक्रममा नगरप्रमुख वासुदेव थापाले अवकाश प्राप्त महिला स्वयंसेविकाका लागि केन्द्रीय...
मंसिर २०, एजेन्सी । दक्षिण अमेरिकी देश मेक्सिकोका नागरिकले भने छेउको सिटमा राष्ट्रपति पनि भेट्न सक्ने भएका छन्। आइतबारमात्र राष्ट्रपतिको पद सम्हालेका आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले राष्ट्रपतिले चढ्दै आएको हवाइजहाज बेचेर व्यापारिक उडानमा यात्रा गर्ने घोषणा गरेका छन्। ‘म राष्ट्रपतिको जहाज चढ्ने छैन। त्यो जहाज चढ्नु मेरा लागि अप्ठेरो हुनेछ। यति धेरै गरिबी भएको देशमा यदि म त्यस्तो सुविधासम्पन्न जहाजमा उडें...
अन्नपूर्ण पोष्ट मंसिर २०,काठमाडौं । सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन सुरु गरेको छ। उनीमाथि ‘मानव तस्करीमा सहयोगी’ बनेको गम्भीर आरोप छ। मुलुकको प्रतिनिधित्व गर्दै सम्बन्ध–सेतु बनेकी राजदूत आफैँ विवादमा परेकी छन्। यसबाट द्विपक्षीय सम्बन्ध असहज बन्ने आशंका पैदा भएको छ। शेर्पामाथि परराष्ट्र मन्त्रालयले छानबिन थालेको छ। ‘राजदूतमाथि गम्भीर आरोप लागेकाले सत्य–तथ्य खोजी भइरहेको छ,’ परराष्ट्रमन्त्री प्रदीप...
अन्नपूर्ण पोष्ट -मंसिर २०, काठमाडौं । संवैधानिक परिषद् बैठक नजिकिँदै गर्दा भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका दुई वरिष्ठ न्यायाधीशबीच रस्साकस्सी चलेको छ। भावी प्रधानन्यायाधीश छनोटका लागि शनिबार परिषद् बैठक बस्दै छ। यसअघि सोमबार बसेको बैठक थप अध्ययनका लागि भनेर टुंगिएको थियो। न्यायपालिकाको नयाँ नेतृत्वका लागि न्यायपरिषद्ले सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम दोहोर्याएर संवैधानिक परिषद्मा पठाएको...
नयाँ पत्रिका दैनिक मंसिर २०,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ६ महिनापछि प्रदेश कमिटीको एकीकरण टुंगो लगाए पनि नेतृत्व चयनको भागबन्डा विवादले तीन दर्जनभन्दा बढी जिल्लाको एकीकरण अड्किएको छ । प्रदेश तहमा बनेका एकीकरण कार्यदलहरूले जिल्ला एकीकरणसम्बन्धी प्रतिवेदन बुझाएको तीन महिना पुगे पनि केन्द्रीय सचिवालयमा नेतृत्व चयनको मापदण्डमा सहमति नहुँदा जिल्ला एकीकरण अड्किएको हो । तलै सर्वसम्मत भइसकेका थुप्रै जिल्लाको एकीकरणलाई...
नयाँ पत्रिका दैनिक- मंसिर २०, काठमाडौं । बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ । यही आशंकामा चारजना पक्राउ परेका छन्, एक काठमाडौंमा र तीन महेन्द्रनगरमा । सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा निर्मलाका छिमेकी प्रदीप रावल काठमाडौंमा पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ । त्यस्तै, अन्य तीनजनालाई महेन्द्रनगरमै पक्राउ गरिएको हो ।...
समाचारपत्र दैनिक- मंसिर २०, काठमाडौं । नेपाली कांग्रेसले अख्तियार गर्ने आर्थिक नीतिकाबारेमा केन्द्रीय समितिमा छलफल शुरु भएको छ । आर्थिक नीति उच्च उत्पादकत्वमा आधारित दिगो र फराकिलो आर्थिक वृद्धि, समतामूलक लोककल्याणकारी राज्य, रोजगारमुखी युवा–केन्द्रित उद्यमशीलता, सार्थक वित्तीय संघीयता र सदाचारयुक्त आर्थिक सुशासनमा केन्द्रित हुने भएको छ । जारी केन्द्रीय समिति बैठकमा कांग्रेसको समग्र आर्थिक नीतिसम्बन्धी प्रस्ताव पनि पेस भएको...
समाचारपत्र दैनिक- मंसिर २०, काठमाडौं । स्थानीय निकायले यसै वर्षको चैत महिनाभित्र उपत्यकाका सबै स्थानीय निकायको फोहोर व्यवस्थापन बञ्चरे डाँडा ल्यान्डफिल साइटमै गर्नुपर्ने जनाएको छ । उपत्यकाका फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न कामपाका सहसचिव भरतप्रसाद अर्यालको संयोजकत्वमा गठित समितिले सिसडोल ल्यान्डफिल साइट आसपासका अन्य स्थानमा वैकल्पिक ल्यान्डफिल साइटको खोजी गर्दा जग्गा प्राप्तिपछि थप समस्या पर्ने भएकाले वञ्चरेडाँडामै ल्यान्डफिल साइट बनाउनुपर्ने सुझाव...
मंसिर १९, नगरकोट । पर्यटकीय स्थान नगरकोट जाने पर्यटकले केही समय यता तिर्दै आएको दोहोरो कर हाललाई चाँगुनारायण नगरपालिकाले स्थगन गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकाले गतवर्षदेखि र काभ्रेको मण्डनदेउपुर नगरपालिका असोज २९ गतेदेखि आ–आफ्नो स्थानमा पर्यटकसंग कर लिर्दैं आएका थिए । दुई स्थानमा कर असुली हुर्दै आएको थियो । फरक–फरक सडक भएर नगरकोट जाने पर्यटकहरुसंग तेलकोट, कलमसी र नगरकोट...