चाँगुनारायण नगरपालिकाको यस्तो निर्णयले स्थानीयबासी खुसी

80

मंसिर १९,
नगरकोट । पर्यटकीय स्थान नगरकोट जाने पर्यटकले केही समय यता तिर्दै आएको दोहोरो कर हाललाई चाँगुनारायण नगरपालिकाले स्थगन गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकाले गतवर्षदेखि र काभ्रेको मण्डनदेउपुर नगरपालिका असोज २९ गतेदेखि आ–आफ्नो स्थानमा पर्यटकसंग कर लिर्दैं आएका थिए । दुई स्थानमा कर असुली हुर्दै आएको थियो । फरक–फरक सडक भएर नगरकोट जाने पर्यटकहरुसंग तेलकोट, कलमसी र नगरकोट चोक नजिकै तिन स्थानमा चाँगुनारायण नगरपालिकाले लिदैं आएको प्रवेश शुल्क हाललाई नलिने निर्णय गरेको छ । चाँगुनारायण मन्दिर जाने पर्यटकसंग भने प्रवेश कर यतावत रहने चाँगुनारायण नगरपालिकाले जानकारी दिएको छ । चाँगुनारायण नगरपालिका नगरप्रमुख सोमप्रसाद मिश्रले भने ‘नगरपालिकाको बैठकबाट नै हामी २५ गते मंगलबारदेखि कर नलिने निर्णय गरेका छौं ।’
विहिबार नगरकोटमा काभ्रेको मण्डनदेउपुर, बनेपा काठमाडौंको शंखरापुर र भक्तपुरका चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधी बसेर नगरकोटको विकाशमा लागि छलफल हुने मिश्रले बताए ।
उता मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोक बहादुर वाइवाले चाँगुनारायण नगरपालिकाको आधिकारीक धारणा आएपछि मात्र अरु निर्णय गरीने जानकारी दिएका छन् ।
नगरसभाले गरेको निर्णय भएकाले आफुले अहिले केही भन्न नमिल्ले समेत नगरप्रमुख वाइवाले बताए ।
दुई स्थान कर लागु भएसँगै नगरकोट जाने सार्क राष्ट्रका पर्यकटहरुले ४ सय २६ र बाहिरकाले ६ सय ३९ रुपैयाँ तिदैं आएका थिए । भक्तपुर र काभ्रेको करिब ३ सय मिटर फरकको दूरीमा नै दाहोर कर तिर्न परेपछि पर्यटकहरुमा गलत सन्देश गएको स्थानीय गुनासो रहेको थियो ।
नगरकोटका दुवै नगरपालिकामा गरेर करिब एकसय होटल तथा रेष्टुराहरु छन् । जसमा सामान्यदेखि तारे होटलहरु समेत पर्छन् ।