Friday, September 18, 2026
Home राजनीति पोखराका राज बस्याल इलाम-२ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार

पोखराका राज बस्याल इलाम-२ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार

38

काठमाडौं : यतिबेला वैशाख १५ गते हुने उप निर्वाचनका लागि देश गर्माएको छ। त्यसमाथि इलाम-२ को उपनिर्वाचन थप चर्चा पाएको छ। इलाम-२ मा हुने उपनिर्वाचनमा पोखराका राज बस्याल स्वतन्त्र उम्मेदवारका रूपमा लड्ने भएका छन्। जुंगासहितको अनुहार चुनाव चिह्न लिएर उनी चुनाव लड्न लागेका हुन्। राजको उम्मेदवारीको लागि गुनराज देवान प्रस्तावक र रोजन गुरुङ समर्थक रहेका छन्। बस्याललाई कलाकारहरू बेदना खेरेसुङ्गमा राई र चेतना नाट्य समूहका अनवेश थुलुङ, आशिष महत, हेमन्तबहादुर थापामगर लगायतले साथ र समर्थन गरेका छन्.स्वतन्त्र उमेद्वार भए पनि राज बस्याल आफैले प्रतिपादित गरेको सेतोघोडा सनातन विचारधारालाई अघि सारेका छन्। ‘प्रकृति, संस्कृति, धर्म, प्रविधि, सनातन तन्त्र, बैद्धिक प्रतिनिधिसभा, धर्मसभादेखि अध्यात्मसम्मका शिलशिलाहरूलाई उनी स्थापित गर्न चाहेको छु’, उनले भने। आफूलाई स्वतन्त्र उमेद्वार घोषणा गर्दै राज बस्यालले आफ्नो चुनावी योजना र प्रतिवद्धता सार्वजनिक गरेका छन्। ‘रसिया–युक्रेन युद्धमा फसेका नेपालीहरूको, विदेशमा बेचिएका चेली र बन्धकमा पारिएका श्रमिकहरूको जोइन्ट टाक्सफोर्समार्फत राहत र उद्धार, हुनुपर्छ’, उनले आफ्ना प्राथमिकता बारे भन्छन्। जनताको कोष, जोश र जश साझेदारी, भागेदारी, हिस्सेदारीमा नै भौतिक संरचनाहरू निर्माण गर्ने र समानुपातिक उपभोग गर्ने नीति तय हुनुपर्ने उनको जोड छ।

सामूहिक संस्कृति, हरित अर्थतन्त्र निर्माण, धर्म, संस्कृति,प्रकृतिको वित्तीय करण, नेपालीहरूको सनातन धर्म नै धार्मिक स्वीकृतिको आधार, सबै अटाउने, सबै मोटाउने पहिचान, सबैका लागि स्वास्थ्य, रोजगारीको योजनाहरू, खाद्य सुरक्षा, वृहत् सामूहिक भान्सा, भोक मुक्त शिक्षा, सहकारी र मिटरव्याजी पीडितका मुद्दा, मनोसामाजिक इन्जिनियरिङद्वारा दलित प्रथा अन्त्य, इलामेली जनताले भोगको पानीको समस्याको अन्त्य आफ्ना थप प्रतिवद्धता रहेको उनले बताए इलामको आलु, अलैंची, अम्रिसो, अकबरे, अदुवा अनि अर्थोडक्स चिया र दुग्धजन्य पदार्थको व्यवस्थापनमा पनि राजले आफ्नो धारणा सार्वजनिक गरेका छन्। मान्छे मारेर क्रान्ति गर्ने, सांस्कृतिक आतङ्कवाद र धर्म परिवर्तन गराउने तथा व्यभिचार, दुराचार, समलिगिं, नारी तथा बालबालिका पिडनमा लाग्नेहरू र पथभ्रष्टहरूलाई राज बस्याल ‘कृपया भोट हाल्ने कष्ट नगुर्नहोला ’ भन्ने सन्देश दिएका छन्।