सभापति देउवाद्वारा दुःख व्यक्त

94

माघ ५,
काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका पूर्व महासमिति सदस्य भक्तध्वज प्रधानको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आज शोक विज्ञप्ति जारी सभापति देउवाले स्वर्गीय प्रधानले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्नुभएको छ । ‘‘उहाँको निधनप्रति नेपाली काङ्ग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ’’–विज्ञप्तिमा भनिएको छ । प्रधानको यही माघ ३ गते काठमाडौँ भेडासिंहस्थित निवासमै निधन भएको थियो । रासस