Sunday, September 20, 2026
Home समाचार वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुन स्विजरल्यान्ड जाँदै प्रधानमन्त्री ओली

वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुन स्विजरल्यान्ड जाँदै प्रधानमन्त्री ओली

111

माघ ६, काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओली आज स्विजरल्यान्ड जाँदैछन् । स्विजरल्यान्डको डाबोसमा हुन गइरहेको वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयले जनवरी २२–२५ सम्म हुने सम्मेलनमा सहभागिताका लागि ओली आज त्यसतर्फ जान लागेको बताएको छ ।

टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत १९ सदस्य सहभागी रहनेछन् । यो फोरमको सम्मेलनमा नेपालका तर्फबाट पहिलोपटक प्रधानमन्त्री सहभागी हुन लागेका हुन् । सम्मेलनमा ओलीले ३ वटा छुट्टा–छुट्टै फोरममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सम्मेलनबाट विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने विश्वास नेपालको छ । टोली सम्मेलन सकाएर माघ १२ मा स्वदेश फर्कने कार्यक्रम छ ।