माघ २०, काठमाडौँ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अपरिपक्व र असन्तुलित परराष्ट्र नीति लिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन्। पूर्व परराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष थापाले सरकारको अपरिपक्व परराष्ट्र नीतिका कारण मुलुक बाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत हुने खतरा पनि औंल्याए। आइतबार काठमाडौंमा आयोजित पार्टी केन्द्रिय कार्य समिति बैठकको उद्घाटन गर्दै उनले भेनेजुयलाको घटनाक्रमबारे नेपालको वक्तव्यले पनि सरकारले...
राजनीति
संवैधानिक परिषदबाट सिफारिस भएका व्यक्तिहरुका विरुद्धमा १० दिने उजुरी आह्वान,कांग्रेसको असहमति
माघ २०, काठमाडौं- संसदको संसदीय सुनुवाइ समितिले विभिन्न संवैधानिक निकायमा सिफारिस भएका व्यक्तिहरु विरुद्ध १० दिनको म्याद राखेर उजुरी आह्वान गरेको छ। संवैधानिक परिषदबाट सिफारिस भएका व्यक्तिहरुका विरुद्धमा उजुरी आह्वान भएको हो। आइतबार बसेको समितिको बैठकले उजुरी आह्वान गरेको हो। तर, यसमा नेपाली कांग्रेसले असहमति जनाएको छ। बैठकमा प्रतिपक्ष दल कांग्रेसको तर्फबाट सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सकारकारले प्रतिपक्षको अस्थित्वलाई सिद्धान्त...
माघ २०, विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी र नामाकरण प्रदेशसभाको आजदेखि शुरु हुने हिउँदे अधिवेशनमा टुङ्ग्याइने बताएका छन् । आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सकेसम्म राजनीतिक दलहरुको सहमति र नभए प्रक्रियाबाट प्रदेशको राजधानी र नामाकरण टुङ्गो लाग्ने जानकारी दिए ।प्रदेशसभाको दोस्रो अधिवेशनसम्ममा महत्वपूर्ण २४ विधेयक पारित भइसकेको उल्लेख गर्दै उनले चालू अधिवेशनमा प्रक्रियामा...
२० माघ, विराटनगर -विराटनगर महानगरपालिका–बलुवाई की ११ वर्षीया बालिका रुपमती दासको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। विराटनगर महानगरपालिका-८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमती गत शनिवार घरबाट छिमेकमा टिभी हेर्न जाने क्रममा हराएकी थिइन् ।भोलिपल्ट बिहान घरदेखि करिब ५०० मिटर दक्षिण खोलामा नग्न अवस्थामा शव भेटिएको थियो । छिमेकी महमद नेमाको घर जाने क्रममा दुई जनाले...
माघ २०काठमाडौं - नेपाल र युएईबीच टी-२० क्रिकेट श्रृंखलाको अन्तिम खेल आइतबार हुँदैछ। दुबईको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) एकेडेमी ओभलमा दिउँसो २:४५ बजे खेल सुरु हुनेछ। श्रृंखलामा नेपाल र युएईले शुरुका दुईमध्ये एक/एक खेल जितेका छन्। नेपाल र युएइले श्रृंखला आफ्नो पक्षमा पार्न दुवै टिमलाई आजको खेल जित्नैपर्ने दबाब छ। पहिलो खेलमा युएई २१ रनले विजयी भएको थियो भने...
२० माघ,
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आजबाट उपसचिवहरुको समायोजन सुरु गर्दै छ ।यसअघि सचिवहरुको समायोजन सकिइसकेको छ । सहसचिवको समायोजनको प्रस्ताव भने मन्त्रिपरिषदमा पुगेको छ । सचिव र सहसचिव संघ मातहत रहने भएकाले उनीहरुको समायोजनबारे मन्त्रिपरिषद बैठकले निर्णय गर्दछ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले करिब २ हजार उपसचिवलाई संघ, प्रदेश र...
माघ २०,
दाङ — संघीय संसदका सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयकलाई आन्दोलनको विषय बनाउनु गलत भएको बताएका छन् । रिपोर्टस् क्लब दाङले आइतबार बिहान तुलसीपुरको टरिगाउँ विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रक्रिया पुर्याएर पारित भएको विधेयकको विरुद्ध आन्दोलन गर्नु अर्थहीन हुने बताए ।पर्याप्त छलफल भएको विधेयकबारे संसदमा असहमति जनाउनु जायज भए पनि सदन अवरुद्ध गर्नु र...
माघ २०,
काठमाडौं-प्रमुख प्रतिपक्षी दल काँग्रेसले संसद्मा अवरोध नगर्ने भएको छ। डा. केसीको अनशन अन्त्य भएको र काँग्रेसका पूर्वसभापतिद्वयको नाममा रहेका दुई अस्पताललाई सङ्घीय सरकार मातहत नै ल्याउने निर्णय सरकारले गरेकाले काँग्रेसले संसद् बैठकमा अवरोध नगर्ने भएको हो। डा. गोविन्द केसीको अनशनको सुनुवाइ गर्नुपर्ने र पूर्वप्रधानमन्त्रीद्वयका नाममा रहेको अस्पताललाई सङ्घीय सरकार मातहत ल्याउनु पर्ने माग गर्दै काँग्रेसले...
कान्तिपुर दैनिक/मकर श्रेष्ठ
माघ २०, काठमाडौँ — संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले कानुनले दिएकोभन्दा बढी सुविधा लिएर सरकारी ढुकुटी दुरुपयोग गरिरहेका छन् । विशिष्ट श्रेणीबाट अवकाश लिइसकेका भट्टराई सभामुखको सिफारिसमा महासचिव नियुक्त भएका हुन् । उनले विशिष्ट श्रेणीको पेन्सन र महासचिवको सेवासुविधा दुवै लिएका छन् । कानुनमा महासचिव भट्टराईले एउटा गाडी र चालक पाउँछन् । सरकारका मुख्य सचिवसरह पारिश्रमिक पाउँछन् । उनले ५ वटा गाडी...
नयाँ पत्रिका
माघ २०, काठमाडौं । संघीय शासन प्रणालीमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) झन् शक्तिशाली हुने भएका छन् । केन्द्रीय सरकारबाट खटिने सिडिओलाई भेला हुन रोक्नेदेखि निषेधाज्ञा जारी गर्नेसम्मका अधिकार दिने प्रस्ताव गरिएको छ । संसद्मा दर्ता भएको ‘शान्ति र सुरक्षा कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा सिडिओलाई शक्तिशाली बनाउने प्रस्ताव गरिएको छ । विधेयक संसद्बाट पारित भए सिडिओले कुनै कार्यक्रम रोक्ने...



