माघ २२, जुम्ला । सिँजा उपत्यकामा पर्ने हिमा गाउँपालिकाको दुई गाउँमा घरैपिच्छे एक धारा निर्माण गरिएको छ । किर्डाक नेपाल जुम्लाको आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा हरेक घरमा एक खानेपानी धारा निर्माण गरिएको हो । स्थानीय मन्नु योगीका अनुसार पहिला गाउँमा सामूहिक धारा हुँदा पानी भर्न घण्टौँ समय लाग्ने गर्दथ्यो, तर सबैका घरमा धारा भएपछि सहज भएको...
माघ २२, कास्की । पोखराको प्रचार प्रसार गर्न यहाँका पर्यटन व्यवसायी भारतको सिलगुडी पुगेका छन् । नेपाल–भारतका व्यवसायीबीच व्यापार आदानप्रदान गर्न सहज हुने र भारतका उत्तरपूर्वी राज्यबाट पोखरा भ्रमणमा आउने क्रम पनि वर्षेनी बढ्दै गएको सन्दर्भमा पोखराको प्रचार गर्न व्यवसायी त्यहाँ पुगेका हुन् । उत्तरपूर्वी भारतसँग गाढा बन्दै गएको पर्यटकीय सम्बन्धलाई अझै मजबुत बनाउने लक्ष्यका साथ पोखरा...
समाचारपत्र दैनिक माघ २२, काठमाडौं । करिब दुई साता देखि सिमरा बस्दै आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन । पुर्व राजाले सोमबार बेलुकासम्म २ सय ५० जना भन्दाबढीसंग भेट गर्नुभएको छ । नितान्त व्यक्तीगत भ्रमण भन्दै मध्य तराई र पुर्वी तराइको भ्रमणमा निस्कन ुभएका ज्ञानेन्द्रले तराईका राजावादी लगायत विभिन्न व्यक्तीसंग भेट गर्नुभएको छ ।...
नयाँ पत्रिका दैनिक/शुरोजंग पाण्डे माघ २२, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले एकीकरणसम्बन्धी छलफल सचिवालयमै गर्ने भन्दै तत्काल प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले एकीकरणको बाँकी काम र कार्यविभाजनको गृहकार्यका लागि गठित कार्यदललाई तत्काल प्रतिवेदन बुझाउन निर्देशन दिएको हो ।एकीकरणयता चारवटा कार्यदल बने पनि नेकपाले अधिकांश निर्णयहरू सचिवालयबाटै गर्दै आएको छ । सचिवालय सदस्यहरू रामबहादुर थापा...
नयाँ पत्रिका दैनिक माघ २२, काठमाडौं । स्टिल र सिमेन्टको व्यवसाय हरेक वर्ष १०–१५ प्रतिशतले वृद्धि हुँदै आएको थियो । यस वर्ष अझ बढ्ने अनुमान गरिएको थियो । तर, यस वर्षको पछिल्लो केही महिनामा यी दुवै उत्पादनको बिक्री ७–८ प्रतिशतले घटेको उद्योगीहरूको भनाइ छ । देशमा विकासका ठूला आयोजना थपिएका छैनन् । अझ खुद्रा व्यवसायी त धेरै निराश छन् । सिमेन्ट, छडलगायतको निर्माण...
समाचारपत्र दैनिक/सञ्जय कार्की, माघ २२, रौतहट । ५३ बर्षअघिको महेन्द्र राजमार्गको जमिन नै ब्यक्तिको नाममा पास भएको खुलासा भएको छ । पुर्ब पश्चिम राजमार्गको क्षेत्रफल रहेको जमिनको कित्ताकाट नगरिकनै मालपोत कार्यालय र नापी कार्यालय चन्द्रनिगाहपुरले ब्यक्तिको नाममा पास गरेको खुलासा भएको हो । राजमार्ग नदेखाइकनै पास गराउँदा राजश्व रकम समेत चुहाबट हुने गरेको रहस्य खुलेको छ । राजमार्गसंग...
२१ माघ, काठमाडौँ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको सरकारविरुद्ध सडक प्रदर्शन नगर्न आग्रह गरेको छ । नेकपाले राष्ट्रिय मुद्दामा साझा सहमति गरेर जान सकिने भन्दै आन्दोलन गर्न आवश्यक नभएको बताएको हो ।सोमबार बसेको सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ‘अहिले आन्दोलन गर्ने वा नगर्ने हरेक पार्टीको अधिकारको कुरा हो ।...
माघ २१, काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपाललाई समावेश गरेर पछिल्लो टी–ट्वान्टीे वरियतामा सार्वजनिक गरेको छ। सोमबार आइसिसीले सार्वजनिक गरेको वरियतामा नेपाल १४ औँ स्थानमा रहेको छ। नेपालभन्दा पछि युएई, हङकङ, ओमन र आयरल्यान्ड रहेका छन्। आइतबारसम्म बरियतामै नभएको नेपालले ४ वटा टीमलाई पछि पार्दै १४ औँ नम्बरमा आफ्नो स्थान बनाएको छ। नेपालभन्दा अघि १३ औँ स्थानमा नेदरल्यान्ड,...
माघ २१,काठमाडौं - पदयात्रा व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल ९टान० ले केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पदयात्रा तथा पर्वतारोहण र उद्धारसम्बन्धी भ्रामक समाचार सम्प्रेषण गरेकामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। टानका अध्यक्ष नवराज दाहालले आज एक विज्ञप्ति जारी गरी सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको कार्यक्रमलाई नै प्रभावित तुल्याउने गरी भइरहेको अनर्गल प्रचारबाजीले समग्र पर्यटन...
माघ २१, काठमाडौंः सरकारका पछिल्ला गतिविधिको विरोध गर्दै नेपाली कांग्रेसले देशभर सरकारका विरुद्ध प्रदर्शन गरेको छ। नेपाली कांग्रेसले प्लास्टिकको वाइड बडी जहाज बोकेर राजधानीमा सरकारविरोधी प्रदर्शन गरेको छ।कांग्रेस काठमाडौंले ‘प्रधानमन्त्री ओलीजी वाइड बडी काण्ड कता हरायो, भ्रष्टाचारीको घेराबन्दीमा सरकार रमायो’ लेखेर नक्कली वाइड बडीसहित सोमबार प्रदर्शन गरेको छ।सरकारले प्रतिपक्षलाई पेलेर गएको आरोप लगाउँदै कांग्रेसले पछिल्लो समय सरकारको आलोचना गर्दै...



