माघ २२,
काठमाडौं । नेपाली बिस्कुट उत्पादन गर्ने कम्पनीहरु धमाधम बन्द हुन थालेपछि व्यवसायीहरुले सरकारलाई गुहारेका छन् । नेपाल बिस्कुट उत्पादक संघले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवलाई ज्ञापन पत्र बुझाएर उद्योगको अवस्थाबारे जानकारी गराएका हुन् ।नेपाल बिस्कुट उत्पादक संघका अध्यक्ष वसन्त कुमार चौधरीको नेतृत्वमा गएको डेलिगेशन सहितको प्रतिनिधी मण्डलले मन्त्री यादवलाई ज्ञापन पत्र बुझाउँदै स्वदेशी...
माघ २२,
बुटवल– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ५ नम्बर प्रदेशसभा बैठक आज पनि अवरूद्ध गरेको छ । यसअघि १८ गते डा.गोविन्द केसीको मागको बिषयलाई लिएर संसद अवरुद्ध गरेको काँग्रेसले आज प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि सुझाव संकलन गर्न गठन भएको विशेष समितिले काम नगरेको भन्दै बैठक अवरूद्ध गरेको हो ।३ महिना अगाडि समितिको संयोजकमा दीपेन्द्रकुमार पुन नियुक्त भएका...
माघ २२,
रत्ननगर,राष्ट्रपति विद्यादेवी भण्डारीले मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको बताउनुभएको छ । चितवनको नारायणगढस्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले ‘‘मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको छ” भन्नुभयो ।“शिक्षाले ज्ञान र सामाजिक चेतना प्रवाह गर्दै भातृत्व, सामाजिक सद्भाव र एकताको गहिरो सन्देश दिने भएकाले शैक्षिक संस्था यसमा संवेदनशील...
माघ २२,
भक्तपुर । सूर्यविनायक नगरपालिका १ सिरुटार स्वास्थ्य चौकीमा संचालित निःशुल्क स्वास्थ्य शिविरमा ३१ जना मोतिविन्दूको विरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।
ऋद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिरुटार स्वास्थ्य चौकीको आयोजना तथा नेपाल नेत्रज्योति किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रको प्राबिधिक सहयोगमा शनिवार संचालित शिविरमा भेटिएका मोतिविन्दूको विरामीको लुभु आँखा केन्द्रमा निःशुल्क शल्यक्रिया गरिएको हो ।
आँखा शिविरमा...
२२ माघ,
काठमाडौँ धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य सुधार आएको छ । पछिल्ला केही दिनदेखि लगातार ओरालो लाग्दै आएको बजारमा केही सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.८३ विन्दुले बढेर एक हजार १४७.१० विन्दुमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७४ विन्दुले बढेर २४४.०२ विन्दुमा पुगेको छ ।...
माघ २२ काठमाडौं– सरकारले आधारभूत स्वास्थ्य सेवालाई परिभाषित गरेको छ। संविधानमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने उल्लेख भए पनि सेवाबारे परिभाषित हुन सकेको थिएन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य ऐनमा टेकेर 'आधारभूत स्वास्थ्य सेवा प्याकेज २०७५' तयार पारेको हो। आम नागरिकको स्वास्थ्य सेवा आवश्यकता पूर्तिका लागि राज्यबाट सर्वसुलभ एवं निःशुल्क प्राप्त गर्ने प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक र पुनः स्थापनात्मक स्वास्थ्य सेवाहरुको सन्तुलित...
माघ २२,
काठमाडमैँ- नायक आर्यन सिग्देल पिता बन्ने भएका छन् । बिहे भएको करिब ४ बर्षपछि आर्यन पिता बन्ने भएका हुन् । श्रीमती सपना भण्डारीले फागुनको अन्तिममा पहिलो सन्तानलाई जन्म दिने खबर यसै साता बाहिरिएको हो ।आर्यनले सपनासँग वि।सं २०७१ साल वैशाख ६ गते बिहे गरेका थिए । बिहे भएको लामो समपछि आर्यन र सपनाले सन्तान जन्माउने निधो गरेका हुन्...
२२ माघ,
टाउन्सभिल –अष्ट्रेलियामा भीषण बाढी आएको छ । सो बाढीबाट मङ्गलबार मात्र दुई जनाको ज्यान गएको जनाइएको छ ।यहाँ केही दिनदेखि अविरल वर्षा भइरहेको छ । वर्षाका कारण यहाँको जनजीवनमा ठूलो क्षति पुगेको बताइएको छ ।उद्धारकर्मीहरुले टाउन्सभिल क्षेत्रबाट ६५० जना स्थानीयको उद्धार गरेका छन् । सो क्षेत्रका करिब ११ हजार घरपरिवारलाई सहायता जरुरी भएको बताइएको छ । उनीहरु बाढीको...
माघ २२,
काठमाडौं ; सरकारी स्वामित्वको दुरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकमले संस्थाको १५ औँ वार्षिक उत्सवमा छुटका योजना सार्वजनिक गरेको छ। भ्वाइस प्याकेजमा छुटदेखि बक्यौता तिर्दा जरिवना नलाग्नेसम्मका योजना मंगलबार सार्वजनिक गरेको हो। २०७४ असारसम्मको टेलिफोन बक्यौता बाँकी रहेका सर्वसाधारणले २०७६ असार मशान्तसम्म बक्यौता बुझाएमा जरिवाना छुट गर्ने व्यवस्था गरिएको छ। माघ २२ देखि फागुन २२ सम्म एनटी मोवाइल...
२२ माघ,
काठमाडौं सर्वोच्च अदालतले सरकारले गत कात्तिकदेखि बढाएको पत्रकारहरुको न्युनतम पारिश्रमिक कार्यान्वयन नगर्न आदेश दिएको छ ।प्रधानन्यायाधीश चोलेन्दशम्शेर जबराको एकल इजलासले सरकारले श्रमजीवि पत्रकार ऐनअनुसार श्रमजीवि पत्रकारहरुको मात्र न्युनतम पारिश्रमिक तोक्न पाउनेमा श्रमजीवि कामदार, कर्मचारीको समेत न्युनतम पारिश्रमिक निर्धारण गरेकाले उक्त काम कानूनसम्मत हो वा होइन भन्ने विचारणीय देखिएकाले तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।सरकारले गत कात्तिक...



