Monday, June 29, 2026
Home Blog Page 1802
समाचारपत्र दैनिक/विमल विष्ट, माघ २४, डोटी । जिल्लाको शिखर नगरपालिका–११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मंगलबार भएको निधनले गाउँभरि रुवाबासी चल्यो। तर उनका अञ्जान छोरा अनिश जोरालाई के हुँदै छ भन्ने कुराको कुनै जानकारी थिएन। घरबाट शव यात्रा शुरू भयो, बुबाको शवलाई काँध हाल्न गाउँलेले अनिशलाई सघाए। शवयात्रासँगै उनी पनि मसानघाट पुगे। यति बेलासम्म पनि कुनै भेउ पाएका थिनन्...
जानु काम्बाङ्ग लिम्बू,हौ कुङ्ग्बा ! ऊ त्यो खोला पारी आँखैले नभ्याउने डाँडामा रगत बेगरको एउटा सेतो मान्छे उभिएको देख्छु नि तिमीलाई थाहा छ उ कहिले देखि उभिएको हो ?पक्कै पनि उसले त्यहाँ बाट रातारात जंगे पिल्लर वरवर सारेको देखेर...खबरदार ! भन्दै चिच्याएको हुनु पर्छ !अचानक गाउँबाट हराई गएका जून, तारा र घामलाई पनि जंगे पिल्लर जस्तै लडाउँदै, उठाउँदै, घिसार्दै र ठेल्दै सिमाना कटाईरहेको देखेको हुनु पर्छ ।हौ कुङ्ग्बा ! तिमीले कहिले सोधेको छौ के ? त्यो रमिते...
माघ २३, काठमाडौँ -नेपाल र भारतका उच्च सरकारी अधिकारीबीच नेपाल–भारत वाणिज्य सन्धिका विविध पक्षमा यही माघ २५ र २६ गते गहन छलफल हुँदैछ ।भारतसँगको व्यापारघाटा बढिरहेका बेला त्यसलाई घटाउने तथा समयानुकूल उक्त सन्धि परिमार्जन, संशोधन वा नयाँ शिराबाट गर्नेलगायत विषयमा बैठकमा विचारविमर्श हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैंजुले राससलाई बताउनुभयो ।“वाणिज्य सन्धिका प्राविधिकसहितका सबै पक्षबारेमा छलफल गर्न...
माघ २३, हेटौँडा चालू आवको पछिल्लो पाँच महीनामा ७५ पुरुषले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरेका छन ।चालू आर्थिक वर्षको भदौदेखि पुस महीनासम्ममा २०८ सम्बन्ध विच्छेदको उजुरी परेकामध्ये महिलातर्फबाट ३३३ तथा पुरुषतर्फबाट ७५ उजुरी परेको जिल्ला अदालतले जनाएको छ ।यसअघि गत आर्थिक वर्षमा पुरुषले भने मुद्दा दायर गरेको थिएन । यससम्बन्धी जारी नयाँ देवानी संहिताले पुरुषले पनि...
माघ २३, काठमाडौँ -प्रतिनिधिसभाको बैठकमा सांसद र मन्त्रीबीच प्रश्नोत्तर गर्ने पाउने नयाँ अभ्यास शुरु भएको छ ।सांसदहरुले जनजीविका र जनसरोकारका विषयमा सम्बन्धित मन्त्रीलाई प्रश्न गर्न पाउने सङ्घीय संसद् कार्यसञ्चालन नियमावलीले गरेको व्यवस्था कार्यान्वयनमा आएको हो ।संसद् सचिवालयमा लिखितरुपमा प्रश्न राखेपछि सचिवालयले आवश्यकताका आधारमा मन्त्री र सांसदबीच प्रश्नोत्तर गराउने अभ्यास शुरु गरेको हो । सम्बन्धित विषयमा प्रश्न राखेपछि मन्त्रीले दिएको जवाफमा...
माघ २३, काठमाडौँ -सांसद रामबहादुर विष्ट : विषादीरहित खाद्यान्न, फलफूल, तरकारी नेपाली जनताले कहिलेसम्म खान पाउँछन् र?कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल : विगतको तुलनामा अहिले ९९ प्रतिशत विषादीरहित खाद्यान्न, फलफूल, तरकारी प्रयोगमा आएका छन्, विषादीरहित खाद्यान्न, फलफूल र तरकारी उत्पादनमा सरकारले जोड दिइराखेको छ ।मन्त्रालयले हालै ७०० नमूना परीक्षण गर्दा सो नतिजा आएको मन्त्री खनालको जवाफ थियोे । प्रतिनिधिसभा...
माघ २३, काठमाडौं– बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको नाममा ‘निर्मला पन्त बाल उद्यान’ निर्माण हुने भएको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मलाको सम्झनामा उनले अध्ययन गरेको सरस्वती माध्यमिक विद्यालयको परिसरमा बाल उद्यान निर्माण हुने भएको हो ।बुधबार आमा निर्मलाकी आमा दुर्गादेवी पन्त र भीमदत्तनगरपालिका–२ का वडाध्यक्ष डम्बर कार्कीले सो बालउद्यानको शिलान्यास गरेका छन् । तस्वीरः रासस
माघ २३, काठमाडौं - सत्यनिरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ र सदस्य लीला उदासीले राजीनामा दिएका छन्। २७ माघदेखि लागू हुने गरी उनीहरूले अलग-अलग राजीनामा दिएको स्रोतले बतायो। स्रोतले भन्यो, "२७ गतेदेखि लागू गर्ने तरिकाले अध्यक्ष सूर्यकिरण गुरुङ र सदस्य लीला उदासीले राजीनामा दिनुभएको छ।" द्वन्द्वकालको बेलामा बेपत्ता पारिएको तथा मानव अधिकारको गम्भीर उल्लंघनको विषयमा छानबिन गरी दोषीलाई कारबाही...
माघ २३, काठमाडौँ — दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिकालगायत देशले अनावश्यक चासो राखेको भन्दै सांसद प्रेम सुवालले नेपाल सरकारको तर्फबाट स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै सांसद सुवालले सार्वभौम मुलुकमाथि कुनै पनि देशले अनावश्यक चासो दिने, हस्तक्षेप गर्न नपाइने अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई सम्मान गर्नुपर्नेमा त्यस्तो नभएकाले नेपालजस्ता मुलुकले स्पष्ट अडान...
माघ२३, काठमाडौं–सानिमा बैंक लिमिटेडले काठमाडौंको कान्तिपथ र भक्तपुरको गठ्ठाघरमा ७५ र ७६औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा संचालन गरेको छ ।शाखा कार्यालयको सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा उद्घाटन भयो । उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष श्रेष्ठले ग्राहकको सेवा तथा सुविधाका लागि सानिमा बैंकले...