सत्यनिरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष गुरुङसहित एक सदस्यको राजीनामा

162

माघ २३,
काठमाडौं – सत्यनिरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ र सदस्य लीला उदासीले राजीनामा दिएका छन्। २७ माघदेखि लागू हुने गरी उनीहरूले अलग-अलग राजीनामा दिएको स्रोतले बतायो। स्रोतले भन्यो, “२७ गतेदेखि लागू गर्ने तरिकाले अध्यक्ष सूर्यकिरण गुरुङ र सदस्य लीला उदासीले राजीनामा दिनुभएको छ।” द्वन्द्वकालको बेलामा बेपत्ता पारिएको तथा मानव अधिकारको गम्भीर उल्लंघनको विषयमा छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउनको लागि आयोग गठन गरिएको थियो। दुवै आयोग २०७१ माघमा गठन भएका थिए। सत्यनिरूपण र बेपत्ता पारिएकाहरुको छानबिन आयोगको म्याद आगामी २६ गते सकिँदै छ। म्याद सकिनु तीन दिनअघि उनीहरूले राजीनामा दिएका हुन्। यसअघि पनि एकपटक म्याद थप गरिएको थियो। आयोगले समयमा काम सम्पन्न नगरेको गुनासो सम्बन्धित पक्षबाट र सरकार एवं सम्बद्ध दलहरूबाट यथेष्ठ सहयोग नपाएको दोहोरीसमेत चल्दै आएको थियो।-थाहाखबर