Tuesday, October 20, 2026
Home राजनीति भेनेजुएलाबारे स्पष्ट जानकारी दिन सरकारसँग माग

भेनेजुएलाबारे स्पष्ट जानकारी दिन सरकारसँग माग

85

माघ २३,
काठमाडौँ — दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिकालगायत देशले अनावश्यक चासो राखेको भन्दै सांसद प्रेम सुवालले नेपाल सरकारको तर्फबाट स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै सांसद सुवालले सार्वभौम मुलुकमाथि कुनै पनि देशले अनावश्यक चासो दिने, हस्तक्षेप गर्न नपाइने अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई सम्मान गर्नुपर्नेमा त्यस्तो नभएकाले नेपालजस्ता मुलुकले स्पष्ट अडान सार्वजनिक गर्नुपर्ने बताए । उनले भेनेजुयलाका विषयमा सङ्घीय संसद्‌मा समेत छलफल गर्न माग गरे ।-रासस