Saturday, September 26, 2026
Home समाज सम्बन्ध विच्छेदमा पुरुषको मुद्दा

सम्बन्ध विच्छेदमा पुरुषको मुद्दा

199

माघ २३,
हेटौँडा चालू आवको पछिल्लो पाँच महीनामा ७५ पुरुषले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरेका छन ।

चालू आर्थिक वर्षको भदौदेखि पुस महीनासम्ममा २०८ सम्बन्ध विच्छेदको उजुरी परेकामध्ये महिलातर्फबाट ३३३ तथा पुरुषतर्फबाट ७५ उजुरी परेको जिल्ला अदालतले जनाएको छ ।

यसअघि गत आर्थिक वर्षमा पुरुषले भने मुद्दा दायर गरेको थिएन । यससम्बन्धी जारी नयाँ देवानी संहिताले पुरुषले पनि आफ्नो अधिकारका लागि सम्बन्ध विच्छेदको मुद्दा दायर गर्न पाउने व्यवस्था भएपछि सम्बन्ध विच्छेदका लागि पुरुषले मुद्दा दायर गरेको हो ।

महिलाले दायर गरेको मुद्दामध्ये पाँच प्रतिशतभन्दा बढी फैसला भइसकेको छ भने पुरुषले दायर गरेकामध्ये सात मुद्दा फैसला भएको छ । अदालतका स्रेस्तेदार केशवराज कौषिकका अनुसार पुरुषले दिएको उजुरीमा महिलाको सहमति नभएकाले फैसलामा समय लाग्ने बताइएको छ ।

नयाँ देवानी संहिताको भाग ३ को परिच्छेद ३ मा सम्बन्ध विच्छेदसम्बन्धी व्यवस्था छ । त्यसमा दुवैका लागि सम्बन्ध व्यवस्था छ । गत आर्थिक वर्षमा सो अदालतमा परेका चार सय उजुरीमध्ये २०० फैसला भइसकेको अदालतले जनाएको छ । -रासस