सम्बन्ध विच्छेदमा पुरुषको मुद्दा

183

माघ २३,
हेटौँडा चालू आवको पछिल्लो पाँच महीनामा ७५ पुरुषले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरेका छन ।

चालू आर्थिक वर्षको भदौदेखि पुस महीनासम्ममा २०८ सम्बन्ध विच्छेदको उजुरी परेकामध्ये महिलातर्फबाट ३३३ तथा पुरुषतर्फबाट ७५ उजुरी परेको जिल्ला अदालतले जनाएको छ ।

यसअघि गत आर्थिक वर्षमा पुरुषले भने मुद्दा दायर गरेको थिएन । यससम्बन्धी जारी नयाँ देवानी संहिताले पुरुषले पनि आफ्नो अधिकारका लागि सम्बन्ध विच्छेदको मुद्दा दायर गर्न पाउने व्यवस्था भएपछि सम्बन्ध विच्छेदका लागि पुरुषले मुद्दा दायर गरेको हो ।

महिलाले दायर गरेको मुद्दामध्ये पाँच प्रतिशतभन्दा बढी फैसला भइसकेको छ भने पुरुषले दायर गरेकामध्ये सात मुद्दा फैसला भएको छ । अदालतका स्रेस्तेदार केशवराज कौषिकका अनुसार पुरुषले दिएको उजुरीमा महिलाको सहमति नभएकाले फैसलामा समय लाग्ने बताइएको छ ।

नयाँ देवानी संहिताको भाग ३ को परिच्छेद ३ मा सम्बन्ध विच्छेदसम्बन्धी व्यवस्था छ । त्यसमा दुवैका लागि सम्बन्ध व्यवस्था छ । गत आर्थिक वर्षमा सो अदालतमा परेका चार सय उजुरीमध्ये २०० फैसला भइसकेको अदालतले जनाएको छ । -रासस