माघ २९,
नयाँदिल्ली -भारत सरकारले प्रस्तावित ४०० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग सोमबार नयाँदिल्लीमा भएको भेटमा भारतीय विद्युत् राज्यमन्त्री राजकुमार सिंहले आयोजना कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रोकै ढाँचामा निर्माण गर्न सकिने प्रस्ताव गर्नुभएको हो ।“तल्लो अरुण भारतीय कम्पनीले अहिले निर्माण गरिरहेको अरुण तेस्रोकै मोडलमा निर्माण गर्न...
माघ २९,
काठमाडौं -नायिका वर्षा राउत र प्रेमी संजोग कोइरालाले इन्गेजमेन्ट गरेका छन्। सोमबार एक समारोहकाबीच यी दुईले औँठी साटासाट गरे। सात वर्षदेखि प्रेमसम्बन्धमा रहेका वर्षा र संजोगले यहि फागुन २ गते विवाह बन्धनमा बाँधिदैछन्। विवाह मिति सार्वजनिक भएसँगै उनीहरुलाई शुभचिन्तकको शुभकामनाको ओहिरो लागेको छ।
माघ २९,
काठमाडौँ-शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा टुसाल युथ क्लब र बासबारी क्लब प्रतिस्पर्धा गर्दैछन् । दिउँसो १२ः३० बजे हुने खेलमा टुसाल युथ दोस्रो जितको निकाल्न चाहन्छ भने बाँसबारी पहिलो जितको खोजीमा हुनेछ ।यसअघि भएको खेलमा टुसालले बाग्मती क्लबलाई पराजित गरेको थियो । यस्तै बाँसबारी भने पुल्चोक स्पोर्टस्...
माघ २९,
काठमाडौं -पशु ढुवानी मापदण्ड २०६४ मा भएका व्यवस्था लागु गर्न सरकारको नाममा परमादेश जारी भएको छ। न्यायाधीश मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले सोमबार पशु ढुवानी मापदण्ड २०६४ लागु गर्न कृषि तथा पशुपन्छी मन्त्रालय लगायतको नाममा परमादेश जारी गरेको हो।मापदण्डमा पशु ढुवानी गर्दा सजिलो र सहज हुने गरी गर्नुपर्ने, निर्दयी तरिकाले सवारीमा कोचेर ल्याउन नपाइने, नाक, पुच्छर,...
माघ २९,
दमौली- बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन् । गत वैशाख २५ गते एक युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई जिल्ला अदालत नवलपुरले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो । कुमालले सोमबार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनलाई सोमबार जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले थुनामा पठाउने आदेश दिएको हो...
माघ २९,
काठमाडौं– नेपाल टेलिकमले खुलाएको विभिन्न पदको विज्ञापनमा लोकसेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । सफल उम्मेदवारलाई टेलिकमले अन्तर्वार्ताको तीन दिनअघि नै कम्पनीको केन्द्रीय कार्यालयस्थित पदपूर्ति सचिवालयमा सम्पर्क राख्न सूचित गरेको छ । अन्तर्वार्ता केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा फागुन २१ गतेदेखि २८ गतेसम्म हुनेछ ।
माघ २५,
बैंकक -आगामी मार्च महिनामा हुने आमचुनावमा एक जना थाई राजकुमारीले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । थाइल्यान्डको आधुनिक इतिहासमा राजपरिवारका कुनै सदस्यले मुख्य राजनीतिक भूमिकामा दाबी गरेको यो पहिलो घटना हो ।थाइल्यान्डका राजा माहा वाजिरालोङकोर्नकी ठूली दिदी ६७ वर्षीया राजकुमारी उबोलरतनाले थाई रक्षा चार्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएको घोषणा गर्नुभएको छ ।थाई राजतन्त्रलाई परम्परागतरुपमा राजनीतिक...
स्वास्थ्य
उद्योगमन्त्री यादव द्धारा जनकपुर चुरोट कारखाना सञ्चालनको तयारी ,पूर्व स्वास्थ्य मन्त्रीहरुको विरोध
माघ २५ काठमाडौं– क्यान्सरको कारक मानिएको सूर्तिजन्य पदार्थको उत्पादन, बिक्री–वितरण र सेवन नियन्त्रणमा मात्रै होइन, उपचारमा समेत सरकारले वर्षेनी करोडौं खर्च गरिरहेको छ।यसलाई न्यूनीकरण गर्न जरुरी रहेको भन्दै सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन समेत ल्याइएको छ। उद्योग तथा वाणिज्य मन्त्री मात्रिका यादव भने कानुनको मर्मविपरीत चुरोट कारखाना चलाउने तयारीमा जुटेको पाइएको छ।केही समयदेखि बन्द जनकपुरस्थित जनकपुर चुरोट कारखाना पुनः सञ्चालनमा...
माघ २५,
काठमाडौँ -शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ । प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लब झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन, टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लबले प्रतिस्पर्धा गर्नेछन् ।आज उद्घाटन खेलमा झम्सिखेल युथ क्लब र ब्वाइज युनियन क्लबबीच प्रतिष्पर्धा...
माघ २५
काठमाडौँ -सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा सांसद योगेश भट्टराईले गोरखा सैनिकप्रति भएको विभेदको समाधान खोज्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।प्रतिनिधसभाको विशेष समयमा उहाँले विश्वमा गोरखा सैनिकले पु¥याएको योगदान स्मरणीय रहेको बताउनुभयो । सांसद भट्टराईले बेलायतले गोरखा सैनिकसँग गरेको सम्झौता कार्यान्वयनमा ढिलाइ गरेको बताउँदै बेलायती सेना र गोरखाली सेनालाई उपलब्ध गराउँदै आएको सुविधामा विभेद भएको बताउनुभयो । कर्मचारी समायोजन विधेयक प्रस्तुतबैठकमा...


