Monday, June 29, 2026
Home Blog Page 1799
२५ माघ काठमाडौं - प्रतिनिधिसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद विमला नेपालीले नेपालको संविधानको धारा ४० अन्तर्गत दलितको हक र त्यसैको उपधारा– ५ मा भूमिहीन दलित समुदायलाई एक पटक जमीन उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ, त्यसलाई सरकारले कार्यान्वयन गर्नुपर्ने बताइन्।सांसद महेश बस्नेतले काठमाडौँको वाग्मती लगातयका नदीनालाको सरसफाइ गर्दै प्लास्टिकका कारण झन...
माघ २५, काठमाडौँ -राष्ट्रिय सभाबाट चारवटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।राष्ट्रिय सभाको आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेश गर्नुभयो ।यसैगरी अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘निवृत्तभरण कोष विधेयक, २०७५ लाई दफावार छलफलका लागि...
२५ माघ खाँदबारी - संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थलमा बिहीबार राति अज्ञात समुहले बम विस्फोटन गराएको छ। चिचिला गाउँपालिका-३ पुखुवामा रहेको विद्युत गृहस्थलमा ३ वटा बम विस्फोटन गराएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए।जिल्ला प्रहरी कार्यालयका डीएसपी श्याम सारु मगरको नेतृत्वमा टोली घटनास्थल गएको र थप जानकारी आउन बाँकी रहेको प्रहरीले...
२५ माघ काठमाडौं -प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले सरकारले किसानका पक्षमा काम नगरेको दावी गर्दै कृषि मन्त्रालय खारेज गर्न माग गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा त्रिपाठीले कुनै पनि सरकारले किसानका हीतमा काम नगरेको बताए।'विषय उठाउँदा मलाई नै लाज भइसक्यो। तर जसलाई लाज लाग्नुपर्ने हो, उसले लाज नमानेपछि म पनि लाज नमानी भन्दैछु', त्रिपाठीले भने, 'सरकार जसको भए पनि किसानलाई केही भएन।...
माघ २५, काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले सर्वोच्च अदालतले फैसलाको विवरण पठाएपछि पुन: हिसाब गरेर एनसेलसँग कर असुली गरिने बताएका छन् । एनसेलको १२ औं बिक्रीको पुँजीगत लाभकर आजियटा र एनसेल कम्पनीबाटै असुल गराउनुपर्ने फैसला आएपछि अर्थमन्त्रीले बिहीबार सरकारको धारणा प्रस्ट पारेका हुन् ।सर्वोच्चले बुधबार एनसेल र आजियटाबाट कर असुल गर्न फैसला सुनाए पनि अबको प्रक्रिया, रकम र कहिलेसम्म असुल गर्ने भन्ने...
२५ माघ काठमाडौं -विश्व चर्चित ब्राण्ड सामसुङले फोल्ड गर्न मिल्ने स्मार्ट फोन ल्याउँदैछ। यसअघि सो स्मार्ट फोनबारे धेरै कम जानकारी बाहिर आए पनि हाल भने सो स्मार्टफोनको आधिकारिक प्रोमो भिडियो नै बाहिर आएको छ। सो प्रोमो भिडियोमा सामसुङको फोल्डेबल फोन ग्यालेक्सी एफको फिचरबारे जानकारी दिइएको छ।भिडियोमा कसरी फोनको डिस्प्ले फोल्ड गर्न सकिन्छ र के के फिचर राखिएका छन्...
माघ २५, धनुषा जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ । पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आउनुभएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल गर्नुभएको थियो ।उक्त सूचीमा राख्न अधिकाँश प्रक्रिया पूरा भए पनि अझै केही गर्नुपर्ने बाँकी रहेको मनहर्टले जानकारी दिनुभएको उपमहानगरप्रमुख साहले बताउनुभयो । मनहर्टले विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पूर्वाधारसम्बन्धी पुस्तक...
नयाँ पत्रिका/जीवन बस्नेत माघ २५, काठमाडौं । सरकारले यातायात सिन्डिकेट अन्त्यको घोषणा गरेको १० महिना भए पनि १० हजार सार्वजनिक सवारीसाधन मात्र यातायात व्यवस्था विभागमा पञ्जीकरण भएका छन् । यसको देशभर रहेको सार्वजनिक सवारीसाधनको २ दशमलव ८५ प्रतिशत मात्र हो । देशभर करिब ३ लाख ५० हजार सार्वजनिक सवारीसाधन रहेको यातायात व्यवस्था विभागको तथ्यांक छ ।व्यवसायीहरूले आफ्नो सवारीसाधन कम्पनी वा व्यक्तिगत फर्मअन्तर्गत...
नयाँ पत्रिका दैनिक/पुष्प कोइराला माघ २५, काठमाडौं । जलविद्युत् उत्पादनमा कर्णाली प्रदेश निकै पछाडि परेको देखिएको छ । नेपालको जलविद्युत् उत्पादन क्षमता ८३ हजार मेगावाटलाई मान्दा कर्णाली प्रदेशले औसत ११ हजार ८ सय ३ मेगावाट जलविद्युत् उत्पादन गर्न सक्ने क्षमता राख्छ । तर, हालसम्म सो प्रदेशको जम्मा उत्पादन भने ३।८ मेगावाट मात्र रहेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।‘सो प्रदेशमा हालसम्म...
समाचारपत्र दैनिक/मधुसूदन रायमाझी, माघ २५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकता भएको नौ महिना बितिसक्दा समेत सांगठनिक एकता प्रक्रिया टुंगो लाग्न सकेको छैन् । शीर्ष नेतृत्वबीच देखिएको विवादकै कारण एकता प्रक्रियाले गति लिन सकेको छैन । प्रदेश कमिटीबाहेक अन्य सांगठनिक एकता प्रक्रिया अगाडि बढाउन बनेको कार्यदल असफल बन्दै आएको छ । पार्टी एकताको टुंगो लगाउन जुट्नुपर्ने अध्यक्षद्वय केपी शर्मा...