Thursday, October 1, 2026
Home कृषि पशु ढुवानी मापदण्ड लागु गर्न सरकारको नाममा परमादेश जारी

पशु ढुवानी मापदण्ड लागु गर्न सरकारको नाममा परमादेश जारी

94

माघ २९,
काठमाडौं -पशु ढुवानी मापदण्ड २०६४ मा भएका व्यवस्था लागु गर्न सरकारको नाममा परमादेश जारी भएको छ। न्यायाधीश मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले सोमबार पशु ढुवानी मापदण्ड २०६४ लागु गर्न कृषि तथा पशुपन्छी मन्त्रालय लगायतको नाममा परमादेश जारी गरेको हो।

मापदण्डमा पशु ढुवानी गर्दा सजिलो र सहज हुने गरी गर्नुपर्ने, निर्दयी तरिकाले सवारीमा कोचेर ल्याउन नपाइने, नाक, पुच्छर, खुट्टामा डोरीले बाध्न नपाउने, ढुवानी गर्दा चरुवा बस्नु पर्ने, दानापानीको व्यवस्था गर्नु पर्ने लगायतका कुरा समेटीएका छन्। कानुन व्यवसायी पदमबहादुर श्रेष्ठ र षट्कोण श्रेष्ठले पशु ढुवानी मापदण्ड २०६४ को प्रभावकारी कार्वन्वयन गरी पशुकल्याण सुनिश्चित गर्नुपर्ने भन्दै रीट हालेका थिए।

यसै रीटको आधारमा सर्वोच्च अदालतले पशु मन्त्रालय, पशु सेवा विभाग, केन्द्रीय पशु क्वारेन्टाइन कार्यलय लगायत ११ जना विपक्षीको नाममा उक्त ऎन लागु गर्न आदेश दिएको हो।