-विदुर प्रसाद तिमल्सिनातृष्णाको धार कडा छ त तोकेको उसले
आँट्नु पर्छ नडरा भन्दै ठोकेको उसले ।।जलायो मेरो विचार फेरो हालेर अहिले
गतिमा धिमा समाज रूढ बोकेको उसले ।।भन्दछ प्रष्ट नभए फेरि निभ्दछ दीपक
प्रगति पथ बालेर किन रोकेको उसले ।।बालेर खायो नवीन तर्क भन्दछ अज्ञानी
विचार तर्क सकिन्छ सबै खोकेको उसले ।।घाइते युग देख्दछु चाङ फोहोरी आहाल
दुनियाँ ढाँट्न निचोड मात्र घोकेको उसले...
-जानु काम्बाङ्ग लिम्बु-पुग्नु पर्ने गन्तव्य
नहिकै भए पनि
समयको पर्खाल नाघ्न नसक्दा
कहिले कहीं ब्यर्थै यात्रा
लम्बिने रहेछ !यात्रा रोकेको भने बन्दै होइन
अथवा, हिंड्दा हिंड्दै थाकेको
पनि होइन
बाटो भूलेको त झन् हुँदै होइन
आफु हुनुको आभास
आफ्नै मनले दिलाई रहेको बेला
नभन्नु होला हरायो
म छु, यहीं कहीं छु
न टाढा, न नजिक
बस यहीं कहीं छु...
काठमाडौं । किराँत राई समुदायले प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन उँभौली पर्व मनाउने गर्दछ । सो अवसरमा आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।
बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ ।गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको...
काठमाडौं । आज शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औँ जयन्ती हो । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो।बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण मुत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो रहेको छ ।
जेठ ११ गते शुक्रवार दिउँस देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै बाँकी भू-भागका...
काठमाडौं । काठमाडौं । हिन्दु धर्ममा बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव कृष्णको अवतारको पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल...
काठमाडौं । भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारीसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनले भने, “पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सिसि क्यामेरामा हेर्दा) कोषका कर्मचारीसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार तीन दिनकौ मौसम यस्तो रहेको छ ।
मौसम विश्लेषण (Meteorological Analysis):हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status):देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया...
काठमाडौं । आज मंगलबार गणेश भगवानको बार हो। धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा उत्कृष्ट देवताको रुपमा पुज्ने चलन रहेको छ। हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने चलन रहेको छ। गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमासमेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन्। मंगलग्रहलाई समस्या निर्मानायकको रुपमा लिने भएकाले मंगलग्रहको खराब...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेससंग रिसाएका छन् । उनले प्रमुख प्रतिपक्षी कांग्रेसमाथि आक्रोश पोखेका हुन्।
‘कांग्रेसले आज बहुतै गलत गर्यो । जुन प्रधानमन्त्रीले पटक पटक साथ दियो, जुन प्रधानमन्त्रीले तपाईंहरूलाई संवाद र सहमतिको बाटोमा ल्याउन काम गरेको छ’, उनले भने, ‘तर तपाईंहरूले आज उही प्रधानमन्त्रीलाई विश्वासको मतमा रोक्नु भयो, मलाई अवरोध गर्नुभयो।’प्रचण्डले कांग्रेसको आजको गतिविधि इतिहासमा कलंकका...









