Saturday, September 26, 2026
Home साहित्य कविताः उसले

कविताः उसले

45

-विदुर प्रसाद तिमल्सिना

तृष्णाको धार कडा छ त तोकेको उसले
आँट्नु पर्छ नडरा भन्दै ठोकेको उसले ।।

जलायो मेरो विचार फेरो हालेर अहिले
गतिमा धिमा समाज रूढ बोकेको उसले ।।

भन्दछ प्रष्ट नभए फेरि निभ्दछ दीपक
प्रगति पथ बालेर किन रोकेको उसले ।।

बालेर खायो नवीन तर्क भन्दछ अज्ञानी
विचार तर्क सकिन्छ सबै खोकेको उसले ।।

घाइते युग देख्दछु चाङ फोहोरी आहाल
दुनियाँ ढाँट्न निचोड मात्र घोकेको उसले ।।

चाँगुनारायण-८, भक्तपुर