फागुन ५,
पर्वत- पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थलको रूपमा चिनिएको मोदीवेणीधामबाट शनिबार राति शालिग्राम चोरी भएका छन् । मोदीवेणीधामस्थित नृसिंह मन्दिरमा रहेका झण्डै ५० शालिग्राममध्ये ४७ वटा चोरी भएको नृसिंह मन्दिर धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष केशवदास बैरागीले जानकारी दिनुभयो । मन्दिरमा रहेको मुख्य शालिग्रामसहित अरु साना शालिग्राम पनि चोरी भएका हुन् ।अज्ञात समूहले मन्दिरको ढोका फुटाएर...
फागुन ५,
लमही-पुजारीले मन्दिरमा उमेर नपुगी विवाह गर्न आएका जोडीको विवाह रोक्दै आएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री बनाउने योजनाअनुसार बालविवाह न्यूनीकरण गर्न मन्दिरका पुजारीलाई अभिमुखीकरण तालीम प्रदान गरेपछि पुजारी नै बालविवाह रोक्न सक्रिय बनेका हुन् ।तुलसीपुर क्षेत्रमा सबैभन्दा बढी विवाह हुने त्रिशिद्धेश्वरी मन्दिरबाट चालू आर्थिक वर्षको अहिलेसम्म २८ बालविवाह रोकिएको पुजारी बुद्धिराम भट्टराईले बताउनुभयो । उहाँका अनुसार...
फागुन ५,
काठमाडौँ -सरकारले कुष्ठरोग निवारणको घोषणा गरेको एक दशक बित्न लागे पनि वर्षेनी यो रोगका तीन हजार नयाँ बिरामी फेला परिरहेका छन् । कुष्ठरोगको किटाणु शरीरमा प्रवेश गरेपछि पनि दाग नदेखिँदा रोगले हातखुट्टालगायतका अङ्गमा असर गरेपछि मात्रै बिरामी उपचारका लागि स्वास्थ्य संस्था पुग्ने गरेका छन् ।
कुष्ठरोग लाग्नासाथ अधिकांशमा शुरुमा रातो वा फुस्रो रङ्गको दाग र गीर्खा देखिनेलगायतका लक्षण देखिए...
फागुन ५,
काठमाडौँ । गायक पशुपति शर्माले सार्वजनिक गरेको नयाँ गीत ‘लुट्न सके लुट कान्छा, अरू देशमा पाइन्दैन नेपालमै हो छुट’ युट्यूबबाट हटाएका छन् । नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै चर्चित लोकदोहोरी गायक शर्माले सत्तारुढ दल कार्यकर्ताको दबाबमा गीत हटाएका स्रातेको दाबी छ । गीत भाइरल भएपछि नेकपा कार्यकर्ताहरूले सामाजिक सञ्जालमा पशुपति शर्मा बहिस्कार अभियान चलाएका थिए । शब्द,...
बच्चा जन्माएपछि अधिकांश महिलाको तौल बढ्ने गरेको छ । पर्याप्त खानपान, व्यायामको कमीलगायत विभिन्न कारणले उनीहरूको तौल अनावश्यक रूपमा बढेको पाइन्छ । यद्यपि, दैनिकीलाई थोरै सन्तुलनमा ल्याउन सके अत्यधिक तौल बढ्नबाट बच्न सकिने एउटा अध्ययनले पुष्टि गरेको छ ।-शिशुलाई नियमित स्तनपान गराउँदा तौल स्वतः घटेर जान्छ । नियमित स्तनपान गराउँदा शरीरमा तीन सयदेखि पाँच सयसम्म...
नयाँ पत्रिका दैनिक/ टेकराज थामी
फागुन ५, काठमाडौं । नेपाली सेनाले व्यावसायिक प्रयोजनका लागि गरेको जग्गा प्लटिङका कारण कीर्तिपुर–५ स्थित जीवन्तनगरको ढल जडान कार्य रोकिएको छ । सेनाले कीर्तिपुर–६ भूतखेलको करिब ३ सय ५० रोपनी जग्गामा सात सयभन्दा बढी घडेरी बनाउँदै छ । यो जमिन भिरालो छ । त्यसैले जीवन्तनगरबाट बगेको पानी सेनाको घडेरी हुँदै खोल्सामा मिसिएर बागमती नदीमा पुग्छ । सेनाले खोल्सासहितको...
नयाँ पत्रिका दैनिक /गगन अयडी
फागुन ५, बाजुरा । गौमुल गाउँपालिका–५ स्थित जीवनज्योति आधारभूत विद्यालयमा तीन कक्षामा पढ्ने प्रविता बोहराका चार दिदीभाइ दिवाखाजाका लागि दाउरा बोकेर विद्यालय जाँदै ।
ग्रामीण क्षेत्रका गरिब परिवारका बालबालिकालाई लक्षित गरी सरकारले आधारभूत तहमा निःशुल्क दिवा खाजाको व्यवस्था गरेको छ । विपन्न बालबालिकालाई विद्यालयमा आकर्षण गर्न सरकारले विश्व खाद्य परियोजनाको सहयोगमा दिवा खाजा कार्यक्रम सञ्चालन गरेको हो । तर,...
फागुन ५,
काठमाडौं । भूमध्य सागरीय वायुको प्रभावले नेपालमा हिँउँदे झरी लम्बिँदै गएको छ । हिजो शनिबार मुलुकभरि नै झरी पर्यो । आज आइतबार मौसममा केही सुधार भएर धेरै भेगमा घाम लागे पनि भोलि सोमबारदेखि पुनः देशभरिकै मौसम प्रभावित हुने र झरी पर्ने पूर्वानुमान गरिएको छ । सोमबारदेखि हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात दोहोरिने जल तथा...
देवेन्द्र पौडेल
नेता, नेपाल कम्युनिष्ट पार्टी,पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी एकीकरण भएको दस महिना पुगेको छ । तर तीन महिनाभित्र सम्पन्न गरिसक्ने सांगठानिक एकता प्रक्रियाको काम अझै पूरा हुन सकेको छैन् । आधा दर्जन भन्दा बढी कार्यदल गठन भएपनि एकताले मूर्त रुप लिन सकिरहेको छैन् । अहिले पनि नौ सदस्यीय कार्यदलले एकता प्रक्रियाको...
-समाचारपत्र दैनिक / ईश्वरराज ढकाल
फागुन ५, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले संचालन गर्ने कक्षा १० को एसइइ,कक्षा ११ र १२ का माध्यामिक तहको परीक्षाको परीक्षाफल प्रकाशित गर्ने देखि डाटा इन्ट्री गर्ने सम्मको काम करारका कर्मचारीबाट हुने तथ्य सार्वजनिक भएको छ । परीक्षाफल प्रकाशन गर्ने अति संवेदनशील काम करारका कर्मचारीबाट हुने भएपछि बोर्डको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ ।
बोर्डका उच्च...
