तीन दिनको मौसम पूर्वानुमान यस्तो छः

101

फागुन ५,
काठमाडौं । भूमध्य सागरीय वायुको प्रभावले नेपालमा हिँउँदे झरी लम्बिँदै गएको छ । हिजो शनिबार मुलुकभरि नै झरी पर्यो । आज आइतबार मौसममा केही सुधार भएर धेरै भेगमा घाम लागे पनि भोलि सोमबारदेखि पुनः देशभरिकै मौसम प्रभावित हुने र झरी पर्ने पूर्वानुमान गरिएको छ । सोमबारदेखि हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात दोहोरिने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनका अनुसार, ‘पश्चिमी वायुको नयाँ प्रभाव सोमबार बिहानबाट भित्रिँदैछ । यसले गर्दा मध्यम र हल्का वर्षाको गतिविधि देशैभरि दोहोरिनेछ ।

यस्तो रहनेछ आगामी ३ दिनको मौसम
फाल्गुन ०५ गते (आइतवार)

दिउँसो :  देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ तथापि पहाडि भेगमा अपरान्ह पछि आंशिक बदलिको संभावना छ। पूर्वी र पश्चिमि पहाडी भू-भागमा अपरान्ह पछि एक वा दुई स्थानहरुमा मेघ गर्जन सहित छिटफुट वर्षाको सम्भावना रहेको छ ।

राति: देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ तथापि पश्चिमि पहाडि भेगमा आंशिक बदलिको संभावना छ । पश्चिमि पहाडि भेगका एक दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको संभावना छ ।

फाल्गुन ६ गते (सोमवार)

दिउँसो : देशको पश्चिमि भु-भाग लगायत पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक वदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशको पश्चिमि पहाडि भू(भागका थोरै स्थानहरुमा र मध्य र पूर्वी पहाडि भेगका एक दुई स्थानमा मेघ गर्जन सहितको हल्का वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमि उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति :  देशको पश्चिमि भूभागमा सामान्य देखि पूर्ण वदली रहने तथा मध्य र पूर्वि पहाडि भूभागमा आंशिक बदलि रहने देखिन्छ । पश्चिमि भु-भागका केहि स्थानहरुमा तथा मध्यका १/२ स्थानमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फाल्गुण ७ गते (मंगलवार)

दिउँसो: पश्चिमि भेगमा सामान्य बदलि रहनेछ भने देशको अन्य भू(भागमा आंशिक बदलि रहने देखिन्छ । पश्चिमि भेगका केहि स्थानमा हल्का वर्षाको संभावना छ भने मध्य र पूर्वी पहाडि भेगका थोरै स्थानमा हल्का वर्षाको संभावना छ। देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति: देशको पश्चिमि भेगमा आंशिक बदलि रहनेछ भने अन्यत्र मौसम सामान्यतया सफा रहनेछ ।

(स्रोत ) जल तथा मौसम पूर्वानुमान महाशाखा