एउटा गीतले हल्लिएको सरकारः युटुबमा हट्यो, फेसबुकमा भाईरल

49

फागुन ५,
काठमाडौँ । गायक पशुपति शर्माले सार्वजनिक गरेको नयाँ गीत ‘लुट्न सके लुट कान्छा, अरू देशमा पाइन्दैन नेपालमै हो छुट’ युट्यूबबाट हटाएका छन् । नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै चर्चित लोकदोहोरी गायक शर्माले सत्तारुढ दल कार्यकर्ताको दबाबमा गीत हटाएका स्रातेको दाबी छ । गीत भाइरल भएपछि नेकपा कार्यकर्ताहरूले सामाजिक सञ्जालमा पशुपति शर्मा बहिस्कार अभियान चलाएका थिए । शब्द, संगीत र स्वर गायक शर्माको आफ्नै रहेको गीतमा देशमा चलिरहेको भ्रष्टाचार, हत्या, हिंसा र बलात्कारजस्ता विषयलाई पशुपतिले गीतमा निकै कडारुपमा प्रस्तुत गरेको थिए । शुक्रबार रिलिज भएको उक्त गीतमा प्रयोग भएका केही शब्दमा विवाद सिर्जना गरेकाले आफूले अहिले अपलोड भएको गीत हटाएर परिमार्जन गर्ने उनले बताएका छन् ।

गीतमा के छ ?

व्यंग्यात्मक शैलीमा गीत बनाउन खोजे पनि उनको गीतमा प्रयोग भएका केही शब्द सीधै आक्रमक छन् । जसले गर्दा विशेषतस् सत्ताधारी राजनीतिक दल तथा संस्थालाई रुष्ट बनाएको देखिन्छ ।

शर्माको गीतका केही अंशः

गणतन्त्र ल्याएँ भन्छन्
फाल्यौँ भन्छन् राजा
त्यही फालेका राजा जस्ता
कयौँ निस्के आज
जनताको मुटुभित्र काँडा कति कति
डेढ अर्बको हेलिकप्टर चढ्छिन् राष्ट्रपति ।

वाइडबडी जहाज किने रे लुट्नैसम्म लुटे
सुनकाण्ड खै कहाँ पुग्यो, जेलमै छन् कि छुटे
ठूलै नेता भ्रष्टाचारी न नडराउछन् न लुक्छन्,
कार्यकर्ता केही बोल्दैनन् कुकुरजस्तै भुक्छन् ।

हजुरबा’नि यसै मरे, बाउ’नि यसै मर्छन् ।
हाम्रो पनि त्यही हो गति विकास कहिले गर्छन् ।
गर्ने काम केही होइन ठूला(ठूला भाषण,
स्वर्गजस्तो देशमा हजुर यमराजको शासन ! 

सार्वजनिक तथा सरकारी निकायमा भ्रष्टचारका कैयौँ घटनाहरू सार्वजनिक भइरहेका बेला शर्माले यही विषयलाई गीतमार्फत छेड गरेका छन् । गीतमा सरकारला ठूलै नेता भ्रष्टाचारमा संलग्न हुने र नडराई खुलेआम गर्ने गरेको समेटिएको छ ।

मास्टर डिग्री सकेर पनि जागिर खान नसकेको एक युवालाई अर्का एकजनाले लुट्न ‘प्रेरित’ गरिरहेको कथा गीतमा छ । सरकारी स्कुलमा जागिर खाने शिक्षकले आफ्ना सन्तान भने निजी स्कुल ९बोर्डिङ० मा पढाएको, सरकारी अस्पतालको डाक्टरले निजी क्लिनिकमा बिरामी बोलाएको, सुब्बा तहको कर्मचारीले दुई वर्षमै घर ठड्याएको गीतका समेटिएको छ ।

पशुपति शर्माले माफी माग्दै के भने ?

केही राजनीतिक तहबाट दबाब आएपछि उनले फेसबुमा माफी माग्दै उक्त भिडियो हटाएको प्रस्टोक्ति दिएका छन् । राजनैतिक आग्रह या पूर्वाग्रह पालेर गीत नबनाएको र कुनै राजनैतिक दल या संस्थासंग कुनै किसिमको आफ्नो पूर्वाग्रह नरहेको उनले बताएका छन् ।

उनले लेखेका छन्, ‘सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्व हरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदयदेखि माफी चाहन्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो यसमा म पुनस् प्रष्ट पार्न चाहन्छु ।’

उनले फेसबुमा लेखेको स्टाटस जस्ताको जस्तै –

आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तकज्यूहरुमा सादर नमस्कार १ हिजो रिलिज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँ हरुले देखाउनु भएको सहभागिताको लागि हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सिर्जना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गइरहेको छु ।

सर्वप्रथम त म यहाँहरुलाई जानकारी गराउन चाहन्छु कि म राजनीतिलाई त्यति गहिराइबाट बुझ्दिन । तर सुशासन कायम हुनुपर्छ र देशमा विसंगति ब्याप्त हुनु हुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगतिलाई ब्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्यय थियो । मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासंग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि रहन गएकोले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरुलाई परिमार्जन गर्न गइरहेको छु ।

केही समय लाग्ला जुन शब्दमा असन्तुष्टि देखियो ती शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु । सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्व हरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदयदेखि माफी चाहन्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो यसमा म पुनस् प्रष्ट पार्न चाहन्छु ।

अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जनसहित पुनस् लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु । र अन्त्यमा म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यताबिरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्‍याउन चाहन्छु ।

धन्यवाद ।

– पशुपति शर्मा