फागुन ५,
काठमाडौँ -नेपाल र नेपालीका लागि एउटा खुसीको खबर छ । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौँको नाम समेत समेटेको छ । यसले नेपालमा पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्रले गरिसकेको सार्थक प्रयत्नलाई समेत बल दिएको छ ।पर्यटन प्रवद्र्धन, प्रचार प्रसारमा काम गर्दै आएको लोन्ली प्लानेटले सन् २०१९ का घुम्नलायक उत्कृष्ट दश...
फागुन ५,
काठमाडौँ- संवैधानिक परिषद्ले पाँच संवैधानिक आयोगका अध्यक्षमा सिफारिस गरेकामध्ये मुस्लिम आयोगका अध्यक्षविरुद्ध उजुरी परेको छ भने अन्य चार अध्यक्षका बारेमा कुनै पनि उजुरी परेको छैन ।संसदीय सुनुवाइ समितिको आजको बैठकमा सिफारिस भएका आयोगका अध्यक्षहरुविरुद्ध परेका उजुरी खोल्दा मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीविरुद्ध मात्र उजुरी परेको र बाँकी चारजना विरुद्ध कुनै पनि उजुरी नपरेको समितिका सभापति लक्ष्मणलाल...
फागुन ५,
काठमाडौँ-सिभिल बैंकले आव २०७४/७५ को नाफाबाट शेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले चुक्ता पूँजी रु सात अर्ब २५ करोड ९३ लाख १० हजार ३६१ को ४.०५ प्रतिशतले हुन आउने रु २९ करोड ४० लाख दुई हजार ६९ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको वार्षिक साधारणसभाले...
फागुन ५,
काठमाडौं - सरकारले फागुन ७ गते ६९ औं प्रजातन्त्र दिवसको दिन प्रजातन्त्र दिवससम्बन्धी सूचनामूलक सामग्री प्रशारण गर्न देशभरका सबै एफएम रेडियो र टेलिभिजनहरुलाई आह्वान गरेको छ। ६९ औं प्रजातन्त्र दिवस मूल समारोह समिति अन्तरगतको प्रचार–प्रसार उपसमितिको आइतबार बिहान सिंहदरबारमा बसेको बैठकले फागुन ७ गते प्रजातन्त्र दिवसको दिन देशभरका सबै सरकारी तथा निजी संचार माध्यामहरु एफएम रेडियो तथा टेलिभिजनहरुलाई...
फागुन ५
काठमाडौँ - विवेकशील नेपाली पार्टीले चर्चित गायक पशुपति शर्माको गीत 'लुट्न सके लुट कान्छाु" लाई युट्युबबाट हटाउन लगाइनु लोकतन्त्रमाथिको प्रहार भनेको छ। पार्टीका प्रवक्ता मिलन पाण्डेले आइतवार एक प्रेस वक्तब्य जारी गर्दै सत्तासीन दलका नेता कार्यकर्ताको दबाबमा शर्मालाई उक्त गीत युट्युबबाट हटाउन लगाइएकोमा विरोध जनाएका छन् ।युट्युबबाट हटाइएको शर्माको गीतलाई सार्वजनिकरूपमा बजाएर, सामाजिक सञ्जालमा राखेर...
एजेन्सी, फागुन ५,
काठमाडौँ- नेपाली बलर सन्दीप लामिछाने सहभागी मेल्बर्न स्टार्स, अस्ट्रेलियाको चर्चित व्यावसायिक क्रिकेट प्रतियोगिता बिग ब्याश लिगको उपविजेता बनेको छ। मेल्बर्न सहरका दुई क्लबबीच खेलिएको "मेल्बर्न डर्बी" फाइनलमा मेल्बर्न स्टार्सलाई मेल्बर्न रेनिगेड्सले १३ रनले पराजित गरेको हो। फाइनलमा सन्दीपले विकेट लिन नसकेपनि उनको कसिलो बलिङले विपक्षी ब्याट्सम्यानहरूलाई केही बाँध्न मद्दत पुगेको थियो। चार ओभर बलिङ गर्ने क्रममा ४...
फाल्गुन ५,
काठमाडौँ— महेन्द्रनगर युनाइटेडले सीवाइसी अत्तरियालाई ७ विकेटले पराजित गरी रुस्लान डीपीएल क्रिकेटमा पहिलो विजय हात पारेको छ र महेन्द्रनगरको कुल ४ अंक पुगेको छ ।अत्तरियाले टस जितेर मैदान भिजेका कारण ६र६ ओभरमा घटाइएको खेलमा ५ विकेट गुमाई ५४ रन बनाएकोमा महेन्द्रनगर युनाइटेडले २ बल अगाडि लक्ष्य पुरा गरेको हो ।महेन्द्रनगरको तर्फबाट आनन्द सुब्रमनियन १७, कप्तान शरद भेषावकर...
फागुन ५,
काठमाडौं -उद्योगीले बैंक ब्याजदर नियन्त्रणका लागि सरकारलाई दबाब दिइरहँदा अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तिय बजार प्रतिस्पर्धी ढंगबाट नचले हस्तक्षेप हुनसक्ने बताएका छन्। "सबैले प्रतिस्पर्धी ढंगबाट काम गर्नुपर्छ। न्यूनतम नाफा हुनैपर्छ भन्ने कुरामा द्विविधा छैन," नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआइ) सञ्चालनको १० बर्ष पुगेको अवसरमा आइतबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री खतिवडाले भने, "प्रतिस्पर्धी ढंगले चलेन भने हस्तक्षेप हुन्छ। त्यो...
फागुन ५,
काठमाडौँ–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चलाई जिल्लास्तरमा विस्तार गरिनुपर्ने वताएका छन् । मञ्चको दोस्रो साधारणसभाबाट नवनिर्चाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको सपथग्रहण, प्रमाणपत्र वितरण र सुनचाँदी व्यवसायको समसामयीक विचार गोष्ठीमा शनिबार बोल्दै मन्त्री शाहीले केन्द्रमा मात्रै सीमित नभई ७७ वटै जिल्लामा मञ्चलाई विस्तार गरिनुपर्ने बताएका हुन् । उनले भने,‘मञ्चको ७७ वटै जिल्लामा शाखा बनाउनुपर्छ ।’मञ्चको...
फागुन ५,
दमौली -नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारमा सङ्लग्नलाई राजीनामा गराएर उन्मुक्ति दिन नहुने बताउनुभएको छ । आज तनहुँको दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले भ्रष्टाचारको आरोपमा मुछिएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठकमाथि कडा कारवाही हुनुपर्दछ भन्नुभयो ।देश विकासको प्रमुख बाधक भ्रष्टाचार रहेको उल्लेख गर्दै उहाँले भ्रष्टाचारमा सङ्लग्नलाई कडाभन्दा कडा कारवाही गर्नेतर्फ...



