Monday, June 29, 2026
Home Blog Page 1787
फागुन ५, काठमाडौं । गायिका बुनु श्रेष्ठको मारुनी गीत ‘मलाई मेरै नेपाली’ को म्यूजिक भिडियो एक कार्यक्रम बीच सार्वजनिक भएको छ ।प्रमोद कोईरालाको शब्द तथा संगीत रहेको गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् । पशुपति श्रेष्ठको छायाँकन तथा निर्देशनमा निर्माण भएको भिडियोमा मोडल साक्षी लम्साल, क्रिस्टिना केसी, गरिमा र आयुष्मान राजभण्डारी फिचरिङ छन् । बिनोद रञ्जितको कोरियोग्राफी रहेको भिडियोलाई विकास...
फागुन ५, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर बेलौरी नगरपालिका कार्यालयका सब–इञ्जिनीयर हृदयराज बजगाईंलाई रु ६० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । बेलौरी नगरपालिकमा कलभर्ट निर्माण कार्य सम्पन्न भइसकेको ठेक्काको अन्तिम बिल फर फारक गर्ने प्रयोजनका लागि इञ्जिनीयर बजगाईंले घुस माग्दै गरेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले आज कार्यालय परिसरबाटै पक्राउ गरेको हो । आरोपी...
फागुन ५, काठमाडौँ -आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले भ्रष्टाचार र बेथितीविरुद्ध लोक गायक पशुपति शर्माले गीत बाहिर ल्याउँदा सरकारले बन्द गराएको भन्दै आपत्ति जनाएका छन् । उनले भने,‘हामीलाई त अहिले पञ्चायतकालिन शासनजस्तो झझल्को लागेको छ । सरकारले नागरिक अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ ।’ जोशीले वर्तमान सरकार अनुदारवादी...
फाल्गुन ५, काठमाडौँ -साताको पहिलो दिन नेप्से ३ दशमलव १५ अङ्कले घटेर ११०९ दशमलव ७२ अङ्कमा बन्द भएको छ । कारोबार रकम २१ करोड ७ लाख रुपैयाँ पुगेको छ । होटल, डेभलपमेन्ट बैंक र उत्पादनमूलक क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । सबैभन्दा धेरै प्रभु बैंकको १ करोड ९० लाख बराबरको शेयर किनबेच भयो ।...
फागुन ५, काठमाडौं– काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यभार सम्हालेको एक वर्षमै जनविश्वास गुमाएको टिप्पणी गरेको छ । यही फागुन ३ गते ओली नेतृत्वको सरकारको कार्यकाल १ वर्ष पुगेको सन्दर्भमा काँग्रेसले एक वर्षको अवधिमा जनताले चाहेजस्तो परिवर्तनको अनुभूति हुन नसकेको टिप्पणी गरेको हो । आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको...
फागुन ५, काठमाडौं -अबदेखि विदेशमा गएर उपचार गर्नेहरूले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत सरकारले उपलब्ध गराउँदै आएको विपन्न नागरिक औषधि उपचार सहायत नपाउने भएका छन्। हालै आएको जनस्वास्थ्य सेवा ऐनको दफा ३० मा कुनै पनि व्यक्तिलाई विदेशमा उपचार गर्नको लागि उपचार खर्च नदिने नियम उल्लेख भएकाले अब विपन्न उपचार सहयोग लिनेहरूले विदेश गएर उपचार गर्नु परे सेवा शुल्क नपाउने भएका...
फागुन ५, काठमाडौँ -कञ्चनपुरको बेलौरी नगरपालिकाका सब-इन्जिनियर ६० हजार घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरले सब-इन्जिनियर हृदयराज बजगाईलाई नगद ६० हजार घुससहित आइतबार दिउँसो पक्राउ गरेको हो । कार्यालयमै उनले सेवाग्राहीबाट ६० हजार रकम घुस लिइरहेको अवस्थामा पक्राउ परेको अख्तियारको कञ्चनपुरस्थित कार्यालयका प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले जानकारी दिए।‘आइतबार दिउँसो नगरपालिकाको कार्यालयमै अख्तियारको टोलीले रंगेहात...
फाल्गुन ५, काठमाडौँ — संवैधानिक आयोगका अध्यक्षमा सिफारिस पूर्वसचिव बालानन्द पौडेल र पूर्व अर्थसचिव शान्तराज सुवेदीको सुनुवाइ मंगलबार हुने भएको छ । आइतबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा सिफारिस पौडेल र राष्ट्रिय समावेशी आयोग अध्यक्षमा प्रस्तावित सुवेदीका सम्बन्धमा परेको उजुरी खोल्दै मंगलबार मध्याह्न पुनस् बस्ने बैठकमा सुनुवाइ गर्ने निर्णय गरेको हो । कांग्रेस...
फागुन ५' काठमाडौं-सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरूद्ध आन्दोलनरत सरकारी चिकित्सकहरूले आइतबार सामूहिक राजीनामा दिनेलगायतका सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्। सरकारी चिकित्सक संघ, नेपाल (गोदान)ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो विधेयक सच्याउन सरकारलाई बाध्य पार्न सामूहिक राजीनामा दिने लगायतका एक हप्ते सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। घोषित कार्यक्रममा सो विधेयक सच्याउन राष्ट्रपति विद्या भण्डारी र राष्ट्रिय सभाका अध्यक्ष...
फागुन ५, काठमाडौं- हिन्दु परिषद नेपालले नेपाललाई हिन्दुराष्ट्र बनाएरै छोड्ने घोषणा गरेको छ । आईतवार रिपोेर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर परिषदले यस्तो घोषणा गरेको हो । कार्यक्रममा परिषद्का अध्यक्ष सन्तोष पटेलले कुनैै पनि बहाना र जबरजस्ती धर्म परिवर्तन गराउन नपाईनेमा जोड दिएका छन् । उनले आफ्नो संगठन कुनै मुस्लिम तथा क्रिष्टियन धर्मको विरोधी नभएको तर ९० प्रतिशत हिन्दु...