Thursday, September 24, 2026
Home समाचार घुस लिएको अभियोगमा पक्राउ

घुस लिएको अभियोगमा पक्राउ

98

फागुन ५,
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर बेलौरी नगरपालिका कार्यालयका सब–इञ्जिनीयर हृदयराज बजगाईंलाई रु ६० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । बेलौरी नगरपालिकमा कलभर्ट निर्माण कार्य सम्पन्न भइसकेको ठेक्काको अन्तिम बिल फर फारक गर्ने प्रयोजनका लागि इञ्जिनीयर बजगाईंले घुस माग्दै गरेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले आज कार्यालय परिसरबाटै पक्राउ गरेको हो । आरोपी बजगाईंको थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । यस्तै जिल्ला मालपोत कार्यालय सप्तरीका नायब सुब्बा रामनारायण शर्मा र कम्प्युटर अपरेटर राजेशकुमार साहले मोही जग्गाको बाँडफाँट भई स्रेस्ता कायम गराई दिने भन्दै घुस मागेको अभियोगमा आयोगको टोलीले आज पक्राउ गरेको छ । रासस