नेप्से ३.१५ अंकले घट्यो

87

फाल्गुन ५,
काठमाडौँ -साताको पहिलो दिन नेप्से ३ दशमलव १५ अङ्कले घटेर ११०९ दशमलव ७२ अङ्कमा बन्द भएको छ । कारोबार रकम २१ करोड ७ लाख रुपैयाँ पुगेको छ । होटल, डेभलपमेन्ट बैंक र उत्पादनमूलक क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । सबैभन्दा धेरै प्रभु बैंकको १ करोड ९० लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै चौतारी लघुवित्त वित्तीय संस्थाको सेयरमा ९ दशमलव ८७ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै कञ्चन डेभलपमेन्टको शेयर ६ दशमलव ८३ प्रतिशतले घट्न पुग्यो ।