फागुन ८
काठमाडौं, आज धनगढीस्थित सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई सरकारले नजिकबाट नियालीरहेको र धेरै समय चुप लागेर नबस्ने बताएका छन्।उनले भने जनताले एउटा दललाई स्पष्ट बहुमत दिएकाले सरकारले त्यही अनुसार काम गर्छ। निर्वाचित सरकारले स्पष्ट नीति र भिजनका साथ काम गरिरहेकाले क्रान्तिका कुरा गरेर हिंसा फैलाउने खोज्नु अपराध भएको...
फागुन ८
काठमाडौँ -पर्यटकीय क्षेत्र ठमेलमा हालै सञ्चालनमा आएको ‘छाया सेन्टर’ स्थानीयवासीको विरोधपछि विवादमा तानिएको छ ।करीब ३० व्यवसायीको रु पाँच अर्बभन्दा बढी लगानी रहेको सो भवनलाई स्थानीयवासीले आक्रमणको निशाना बनाएको सेन्टरका सञ्चालकको आरोप छ । ठमेलभित्रको ठूलो परियोजना सरकारी निकायले पूरा गर्नुपर्ने भन्दै सबै प्रक्रिया सकेर निर्माण गरिएको छाया सेन्टरलाई स्थानीयवासीले अनर्गल प्रचार गरी आक्रमणको निशाना बनाएको सेन्टरका प्रबन्ध...
फागुन ८,
रसुवा - जिल्ला भूमि अधिकार मञ्च रसुवाको चौथो जिल्ला सम्मेलन कालिका गाउँपालिका २ स्थित भूमिघर कालिकास्थानमा एक सभाकाबीचसम्पन्न भयो ।
०६२ सालमा गठन भएको मञ्चको तेस्रो कार्यकाल पूरा गरी चौथो कार्यकालको लागि मञ्चको सम्मेलनले संस्थापक मध्येका एक हेमनाथ खतिवडाको अध्यक्षतामा सम्मेलनले १५ सदस्यीय रहेको नयाँ कार्य समिति चयन गरेको छ । खतिवडा यस अघि तदर्थ समितिका सदस्य, सहसचिव, २...
फागुन ८,
बलेवा । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा मङ्गलबार जिप दुर्घटना हुँदा मर्ने यात्रुको सङ्ख्या चार पुगेको छ । ध१ज ७९१ नंको जिप छिस्तीको रापुङ्गभीरमा दुर्घटना हुँदा जनकल्याण माध्यमिक विद्यालयका लेखापाल तुलसी पुन, सोही विद्यालयमा अध्ययनरत छात्रा एलिना पुन, प्रियंका पुन र ज्योति पुनको मृत्यु भएको जैमिनी नगरपालिका–८ छिस्तिका वडासदस्य कर्णसिंह पुनले जानकारी दिनुभयो । दुर्घटनामा १२ जना घाइते...
प्रक्षेपण दैनिक, फागुन ८,
भक्तपुर । राप्रपाका भक्तपुर जिल्ला अध्यक्ष एवं पूर्वमन्त्री दिनेश श्रेष्ठसहित सम्पूर्ण पदाधिकारीहरु राप्रपा संयुक्तमा प्रवेश गरेका छन् । एकदुईजना नगरका बाहेक सम्पूर्ण नगरसमितिका पदाधिकारीहरु राप्रपा संयुक्तमा प्रवेश गरेपछि कमल थापाको राप्रपा भक्तपुरमा शून्यजस्तै भएको छ । राप्रपा संयुक्तका अध्यक्ष पशुपति शमशेर जवराको निवासमा आयोजित एक कार्यक्रमका बीच सम्पूर्ण पदाधिकारीहरु राप्रपा परित्याग गर्दै विधिवत रुपमै संयुक्तमा प्रवेश गरेपछि...
नयाँ पत्रिका
फागुन ८, काठमाडौं । सिंहदरबारभित्रै छन् दुवै मन्त्रालय, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाअन्तर्गत पहिलो चरणकै रूख कटान प्रक्रियामै अल्झिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रूख कटानको अनुमतिका लागि १९ असार ०७५ मा वन तथा वातावरण मन्त्रालयलाई पत्र लेखेको थियो । मन्त्रिपरिषद्मा प्रस्ताव लग्न वन मन्त्रालयलाई पर्यटन मन्त्रालयले अनुरोध गरेको थियो । तर, सात महिनासम्म कुनै प्रगति भएको छैन । ‘पत्र...
नेपाल समाचारपत्र
फागुन ८, काठमाडौं । सरकारले ११ हजार ८३ जना नायव सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अहिलेसम्म नायब सुब्बा र खरिदार गरी ११ हजार ८३ जनाको सूची सार्वजनिक गरेको हो । त्यसमध्ये ६ हजार चार सय ७७ जना नायब सुब्बा र ४ हजार ६ सय ६ जना खरिदार...
समाचारपत्र दैनिक/ईश्वरराज ढकाल
फागुन ८, काठमाडौं । विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरुले अव योग्यता नपुगेको भए ५ बर्षभित्र योग्यता पु¥याउनुपर्ने भएको छ । सरकारले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदामा आधारभुत तहमा अध्यापन गराउन कम्तीमा स्नातक र माध्यमिक तहमा कम्तीमा स्नातकोत्तर तह हुनुपर्ने व्यवस्था गरेपछि योग्यता नपुगेका शिक्षकले अनिवार्य रुपमा स्नातक वा स्नातकोत्तर तह पुरा गर्नुपर्ने भएको छ ।प्रस्तावमा वालविकास केन्द्र(इसिडी)...
फागुन ७,
काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका विवादित पूर्व आयूक्त राजनारायण पाठक विरुद्ध, भ्रष्टाचार विरुद्ध साझा मञ्च नेपालले आयोगमै कार्वाहीको माग गर्दै उजुरी दिएको छ । संस्थाको तर्फबाट अध्यक्ष विश्वनीति पाख्रिनले भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजको मुद्दा मिलाउन भनी ७८ लाख घुस लिएको विषय सार्वजनीक भएकाले उनको सम्पत्तीको अनुसन्धान गरी गैहकानुनी रुपमा आर्जन गरेको सम्पत्ती जफत गरी विगो समेत असुलउपर गर्दै...
फागुन ७,
काठमाडौं। तनहुँ जलविद्युत कम्पनीले इटालियन ठेकेदार कम्पनी सिएमसी डि रेभेन्नासँगको ठेक्का सम्झौता तोडेको छ। तनहुँले मंगलबार सिएमसीलाई ठेक्का तोडिएको जानकारी गराउँदै 'टर्मिनेसन लेटर' पठाएको छ।कम्पनी स्रोतले मंगलबार सिएमसीलाई पत्र पठाएको र अब नयाँ प्रक्रिया अघि बढाइने जानकारी दिएको छ। "मंगलबार पत्र पठाइएको छ, यसबारे अन्तिम किनारा लागेपछि नयाँ प्रक्रिया अघि बढाइनेछ," स्रोतले बिजमाण्डूसँग भन्यो, "सिएमसीलाई काम सुरु...



