पाठक विरुद्ध, भ्रष्टाचार विरुद्द साझा मञ्चले दियो अख्तियारमै उजुरी

160

फागुन ७,
काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका विवादित पूर्व आयूक्त राजनारायण पाठक विरुद्ध, भ्रष्टाचार विरुद्ध साझा मञ्च नेपालले आयोगमै कार्वाहीको माग गर्दै उजुरी दिएको छ । संस्थाको तर्फबाट अध्यक्ष विश्वनीति पाख्रिनले भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजको मुद्दा मिलाउन भनी ७८ लाख घुस लिएको विषय सार्वजनीक भएकाले उनको सम्पत्तीको अनुसन्धान गरी गैहकानुनी रुपमा आर्जन गरेको सम्पत्ती जफत गरी विगो समेत असुलउपर गर्दै हदै सम्मको कार्वाहीको माग गरिएको जानकारी दिएका छन् । आजै (मंगलवार) दर्ता गरिएको उजुरी न. १९६४७ रहेको जनाइएको छ । घुस काण्डमा मुछिएका पूर्व आयूक्त पाठकलाई बचाउनैको लागी राजीनामा गर्न लगाइएको चर्चा चलिरहेकै वेला मञ्चले उजुरी दिएको छ ।