राजनीति
अष्ट्रेलियामा बिचल्ली भएका नेपाली नर्सिङ विद्यार्थीको उद्धार गर्न कांग्रेसको आग्रह (विज्ञप्ति सहित)
फाल्गुण ८,
काठमाडौं -प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अष्ट्रेलियामा अध्ययन गर्न जाँदा बिचल्लीमा परेका एक हजारभन्दा बढी नेपाली विद्यार्थीको उद्धार एवम् उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ।प्रेस विज्ञप्तिअष्ट्रेलियामा अध्ययन गर्न गएका एक हजार भन्दा बढी नेपाली विद्यार्थी विचल्लीमा परेको घटनाप्रति नेपाली कांग्रेसको ध्यान गम्भीर ढंगले आकृष्ट भएको छ । हजारौँ नेपाली...
फागुन ८,
सुर्खेत-जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज १० ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित छ जनालाई पक्राउ गरेको छ । नेपालगञ्जबाट छिन्चु हुँदै सुर्खेत प्रवेश गर्ने वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना नाकामा आज बा४ख ४२१९ नम्बरको फोर्स गाडीलाई प्रहरीले जाँच गर्दा वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका २३ वर्षीय किरण घलेको साथबाट तीन ग्राम ४९० मिलग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरीका कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव...
फागुन ८,
वासिङ्टन – अमेरिकी राष्ट्रिय ऋणको भार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अझ वृद्धि भएर २२ हजार अर्ब (२२ ट्रिलियन) अमेरिकी डलर पुगेको छ । विगतमा ऋणभार र सरकारी वित्त घाटाका बारेमा जोडतोडले आवाज उठाउने रिपब्लीकन पार्टी अहिले चुपचाप छ । जटिल बन्दै आएको घाटा र ब्याज भुक्तानीमा भइरहेको निरन्तरको बृद्धिले ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनुअघि नै राष्ट्रऋणको कूल भार...
फागुन ८,
काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मुलुकको शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको बताएका छन् । राष्ट्रियसभाको शून्य र विशेष समयमा राष्ट्रियसभा सदस्यहरुले उठाएका समसामयिक विषयका बारेमा बुधबार बसेको राष्ट्रियसभाको बैठकमा जानकारी गराउँदै उनले शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको बताएका हुन् ।उनले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नहको खोजी भइरहको तथा अपराधी पत्ता लगाउन उदासिनता...
फागुन ८,
काठमाडौँ -फिल्म ‘साइँली’को ‘प्याट् प्याटे’ बोलको गीत सार्वजनिक भएको छ । सुशान्त गौतमको स्वर तथा संगीत रहेको गीतमा हर्क साउदको शब्द रहेको छ । गीतमा गौरव पहारी, दयाहाङ राई, मेनुका प्रधान र केनिपा सिंह फिचर्ड छन् ।
भिडियो हेर्नुस् : https://www.youtube.com/watch?v=-xL7K-RMAw0रामबाबु गुरुङको लेखन र निर्देशन रहेको फिल्ममा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह, प्रकाश घिमिरे, पुस्कर गुरुङ, लोकेन्द्र...
फागुन ८,
धनगढी– आज सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशनको आठौँ बैठकलाई सम्बोधनका क्रममा अपराधीले सबै प्रमाण नष्ट गरेका कारण निर्मला हत्या प्रकरणको छानविन कठिन भएको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा ७ महिना पहिले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारालाई पक्राउ गरी कानुनको कठघरामा उभ्याएरै छोड्ने दावी गरे ।अपराधी जहाँ जुनसुकै भएपनि त्यान्द्रो समाउँदै पक्राउ गरेरै छोड्ने उनले बताए ।...
फागुन ८
काठमाडौं-विवेकशील साझा पार्टीले बुधबार बिहान भ्रष्टाचारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा प्रदर्शन गरेको छ। भ्रष्टाचार नियन्त्रणको जिम्मा पाएको अख्तियारकै आयुक्त भ्रष्टाचारमा संलग्न रहेको कुरा बाहिरिएपछि अख्तियार कार्यलय अगाडी प्रदर्शन गरिएको विवेकशील साझाले जनाएको छ ।देशमा देखिएको भ्रष्टाचार, अनियमितता र त्यसलाई निवारण गर्ने काममा सरकारले देखाएको उदासीनताकोविरुद्धमा प्रदर्शन रहेको बताइएको छ । प्रदर्शनका क्रममा अख्तियारले साना भ्रष्टचारीलाई...
फागुन ८,
वीरगन्ज-भारतबाट नेपाल आयत गरिने पेट्रोलियम पदार्थमा लेदो र पानी मिसवाट गर्ने गरिएको खुलासा भएको छ। वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौलस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी) को डिपोबाट डिजेल र पेट्रोल लिएर नेपाल भित्रिएका ट्याङ्करमा मंगलबार जाँच गर्दा पेट्रोलियम पदार्थमा फोहोरको लेदो र पानी फेला परेको हो।वीरगन्जका पेट्रोल पम्पका सञ्चालकहरूले गरेको गुनासोको आधारमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद...
फाल्गुन ८
काठमाडौँ-अजोड इन्स्योरेन्स र मेगा बैंक नेपालबीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र मेगा बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत रभिना देशराज श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।बैंकका ग्राहकहरूले सम्झौता अनुसार अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै...
फागुन ८
काठमाडौँ -अष्ट्रियाका विदेशमन्त्री करिना किनाइसल १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको तीन दिवसीय भ्रमणमा बिहीबार राजधानी काठमाडौँ आउँदै हुनुहुन्छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ आउन लाग्नुभएको हो । अष्ट्रियाबाट विदेशमन्त्रीस्तरमा यो भ्रमण ३० वर्षपछि हुन लागेको हो । भ्रमणका क्रममा नेपाल र अष्ट्रियाबीच प्रतिनिधिमण्डलस्तरीय बैठक हुनेछ । दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा हुने उक्त बैठकमा द्विपक्षीय...


