भक्तपुरमा कमल थापाको राप्रपा शून्य अवस्थामा

112

प्रक्षेपण दैनिक, फागुन ८,
भक्तपुर । राप्रपाका भक्तपुर जिल्ला अध्यक्ष एवं पूर्वमन्त्री दिनेश श्रेष्ठसहित सम्पूर्ण पदाधिकारीहरु राप्रपा संयुक्तमा प्रवेश गरेका छन् । एकदुईजना नगरका बाहेक सम्पूर्ण नगरसमितिका पदाधिकारीहरु राप्रपा संयुक्तमा प्रवेश गरेपछि कमल थापाको राप्रपा भक्तपुरमा शून्यजस्तै भएको छ । राप्रपा संयुक्तका अध्यक्ष पशुपति शमशेर जवराको निवासमा आयोजित एक कार्यक्रमका बीच सम्पूर्ण पदाधिकारीहरु राप्रपा परित्याग गर्दै विधिवत रुपमै संयुक्तमा प्रवेश गरेपछि भक्तपुरमा कमल थापाको राप्रपाका कार्यकर्ताहरु खोज्नुपर्ने स्थिति आएको राप्रपा संयुक्तमा प्रवेशपछि एक पदाधिकारीले प्रक्षेपण दैनिकलाई भने ।

राप्रपाको स्थापना कालदेखि नै केन्द्रीय नेतृत्वमा रहँदै आएका श्रेष्ठ दोस्रो संविधानसभा सदस्य र नेपाल सरकारका सहायक मन्त्रीसमेत भईसकेका युवा नेता हुन् । राप्रपा ९संयुक्त०मा सरिक हुने नेताहरुमा केन्द्रीय सदस्य तथा भक्तपुरका अध्यक्ष पूर्व मन्त्री दिनेश श्रेष्ठ, केन्द्रीय सदस्य सानुकाजी हेक्का जिल्ला उपाध्यक्षहरू नर गोविन्द शंखदेव, रविकृष्ण श्रेष्ठ, नारायण थापा र सचिव मुकुन्द कार्कीसहित अन्य जिल्ला सदस्यहरु, भक्तपुर क्षेत्र नम्वर १ का क्षेत्रीय अध्यक्ष श्याम प्रसाद नेपाल क्षेत्र नम्वर २ का अध्यक्ष डोलबहादुर कार्की, सूर्यविनायक नगर समितिका अध्यक्ष मोहन राउत, मध्यपुर थिमी नगर अध्यक्ष भुवन बाग श्रेष्ठ र भक्तपुर नगर अध्यक्ष बिष्णुप्रसाद त्वानाबासुलगायतका नेता राप्रपा परित्याग गर्दै राप्रपा(संयुक्त)मा प्रवेश गरेको राप्रपा(संयुक्त)का उपमहामन्त्री रविन्द्र प्रताप शाहले प्रक्षेपणलाई जानकारी दिए ।

उनका अनुसार त्यस्तै युवा मोर्चा भक्तपुरका अध्यक्ष कृष्ण बरूवाल, मजदुर संगठनका अध्यक्ष राम शरण बरूवाल किसान संगठनका अध्यक्ष शम्भु लामिछाने र विद्यार्थी संगठन भक्तपुरका अध्यक्ष सन्जय कोजु समेत राप्रपा(संयुक्त)सरिक भएका छन् । पार्टीमा समावेश भएका सम्पूर्ण नेता गणलाई स्वागत गर्दै आगामी दिनमा एक ढिक्का भएर काम गर्न सहज हुने पार्टी अध्यक्ष राणाले बताए । पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्दै उनले अबको दिनमा देशमा अमन चयन ल्याउने जिम्मा आफूहरुको काँधमा आएको बताउँदै सबै यसै गरि एक जुट हुन् सकेमात्र पार्टी अनी देश बलियो हुने जिकिर गरेका थिए । भक्तपुरमा राप्रपाका मुख्य नेताहरु राप्रपा(संयुक्त)मा प्रवेश गरेसँगै राप्रपा संयुक्त भक्तपुरमा बलियो भएको राप्रपा संयुक्त जिल्ला समितिले जनाएको छ भने कमल थापा नेतृत्वको राप्रपा भक्तपुरमा एकदुई जनालाई छोडेर शून्यजस्तै भएको चर्चा गरिंदै छ ।