Tuesday, June 30, 2026
Home Blog Page 1782
फागुन ७, एजेन्सी -पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमाथि आक्रमण गरे केही नसोची जवाफ फर्काउने बताएका छन्।भातरले पाकिस्तानलाई कश्मीर हमलाको आरोप लगाइरहँदा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले त्यसमा पाकिस्तानको कुनै संलग्नता नरहेको प्रष्ट पारेका छन् ।साथै उनले भारतले कुनै प्रमाण विना नै आरोप लगाएको बताएका छन् । गत साता कश्मीरमा भएको हमलामा पाकिस्तानकै संलग्नता रहेको आरोप भारतीय पक्षबाट पटक पटक आएपछि...
फागुन ७, काठमाडौं– नेपाल पानी जहाज कार्यालयले एक विज्ञप्ति निकाल्दै सञ्चारमाध्यमहरुमा आएको समाचारको खण्डन गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै सो कार्यालयले पानी जहाज कार्यालय सञ्चालनमा आएको भोलीपल्ट देखिनै बन्द भएको भ्रामक खबर सम्प्रेषण भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । कार्यालयका निमिक्त रजिष्टार अमृतमणि रिमालले फागुन २ गतेदेखि नै ११ जना कर्मचारीहरुले विधिवत रुपमा काम गर्दै...
फाल्गुन ७ काठमाडौँ- साताको तेस्रो दिन आज नेप्से २२ दशमलव ४४ अङ्कले बढेर ११२४ दशमलव ९६ अङ्कमा बन्द भएको छ । कारोबार रकम २१ करोड ४५ लाख रुपैयाँ पुगेको छ । सबै क्षेत्रको परिसुचकमा हरियालि छाएको छ । जीवन बीमा कम्पनीको परिसुचकमा ४ दशमलव ५७ अंकको वृद्धि आएको छ ।सबैभन्दा धेरै अपर तामाकोशिको १ करोड २७ लाख ९३ हजार बराबरको...
फाल्गुन ७, काठमाडौँ -नेपाल बैंक लिमिटेडले विभिन्न शाखा कार्यालयका लागि करारमा सवारी चालक मागेको छ । बैंकले प्रदेश दुईको वीरगंज, गण्डकी प्रदेशको पोखरा, प्रदेश पाँचको बुटवल तथा दाङ, प्रदेश एक को सुनसरी, प्रदेश तीनको प्रधान कार्यालय काठमाडौँ, कान्तिपुर शाखा र ललितपुरको गावहाल शाखाहरुका लागि एक एक जना सवारी चालक करारमा मागेको छ ।वैंकले करार सेवाको अवधी २ वर्ष तोकेको...
एजेन्सी'फागुन ७, हङकङ, – विश्वमै ठूलो बैंक मानिएको एचएसबीसीको सन् २०१८ को नाफामा १६ प्रतिशतले वृद्धि भई करिब २० अर्ब डलर पुगेको छ । बैंकद्वारा मङ्गलबार जारी वक्तव्यमा उक्त नाफा करबाहेकको रकम रहेको जनाइएको छ । वर्षको अन्तिम चौमासिक अवधिमा चुनौतीपूर्ण बनेको बाह्य वातावरणका बाबजूद बैंकको नाफा सकारात्मक रहेको बैंकको भनाई छ ।मुख्य व्यावसायिक गतिविधि एसियामा केन्द्रित गरेको...
एजेन्सी,फागुन७ काठमाडौँ -मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन तथा नेपाल र संयुक्त अधिराज्यबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेष्टर नेपालको चार दिवसीय भ्रमणमा बुधबार राजधानी आउँदै हुनुहुन्छ ।राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।प्रधानसेनापति पूर्णचन्द्र थापा...
एजेन्सी, फागुन ७, शिकागो- अमेरिकाको मध्य भागमा पर्ने राज्य मिचिगनमा सम्पत्तिको विषयलाई लिएर भएको विबादका क्रममा गोली हानाहान भएको छ । सोमबार अपरान्ह भएको गोलीकाण्डमा परी तीन बालबालिका र एक महिला गरी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । मिचिगन राज्यको उत्तरी भागमा पर्ने केन्ट काउन्टीमा यो घटना भएको हो । अधिकारीहरुले थप विवरण दिन अस्विकार गरेका छन्...
फागुन ७, काठमाडौं- खानेपानी मन्त्री विना मगरले विभागीय सचिव गजेन्द्र ठाकुरलाई हटाएकी छिन्। मेलम्ची खानेपानी प्रकरणमा मन्त्री र सचिवबीच लामो समयदेखि विमती कायम थियो। त्यही आधारमा मन्त्री मगरले सचिव ठाकुरलाई हटाएकी हुन्।ठाकुरले आफूलाई मन्त्रालयबाट हटाएको पुष्टि गरेका छन्। उनले मेलम्चीको विषयमा मन्त्री मगरसँग कुरा नमिलेको स्वीकार गर्दै यसको पुष्टि गरेका हुन्। मेलम्ची खानेपानी आयोजनाका ठेकेदार कम्पनी सिएमसी डी रेभेन्नाले छाडेपछि...
फागुन ७, चितवन- नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्य पनि वडाबाटै निर्वाचित भएर आउनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले महासमितिले दिएको सुझाव सबैले पालना गर्नुपर्ने बताउनुभयो । उहाँले वडा तहबाटै निर्वाचित हुने विषयमा पार्टी सभापतिले समेत सम्बोधन गर्नुभएकाले यसलाई कसैले हटाउन नसक्ने बताउनुभयो । वडा तहबाटनै निर्वाचित भएर...
चन्द्र एम.वि.'अविरल'भोको पेट सँग लुकामारी खेल्दै बसेका जनता रगत ले पोतिएका घरहरु बारुद को भरमा अडेको शक्ति कालो बादल मडारीएको आकाश जस्तै धुम्म परेको अनुहार अनि पानी भरिएको कचौरा जस्तै टिलपिल टिलपिल आँखाहरु देशकै निम्ति बलि चड्न तयार एकहुल युवाहरु को भिड एउटा तस्बिरमा सम्मोहित गरेर देखाइएको मेरो देश सपनाको स्वीजरल्यान्ड।मेरै निम्ति आएका एक हुल लालसेनाहरुले अब यो देश हामी बनाउँछौं देशमा शान्ति आउँछ जनता स्वतन्त्र हुनेछ समृद्धि विश्वकै उत्कृष्ट हुनेछ यस्तै ढाडस पाएपछि एक झप्को दिउँसै निदाउन...