निर्मला हत्या प्रकरण सबै प्रमाण नष्ट गरेका कारण छानविन कठिन भयो : प्रधानमन्त्री ओली

68

फागुन ८,
धनगढी– आज सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशनको आठौँ बैठकलाई सम्बोधनका क्रममा अपराधीले सबै प्रमाण नष्ट गरेका कारण निर्मला हत्या प्रकरणको छानविन कठिन भएको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा ७ महिना पहिले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारालाई पक्राउ गरी कानुनको कठघरामा उभ्याएरै छोड्ने दावी गरे ।

अपराधी जहाँ जुनसुकै भएपनि त्यान्द्रो समाउँदै पक्राउ गरेरै छोड्ने उनले बताए । उनले अपराधीले सबै प्रमाण नष्ट गरेका कारण छानविनमा कठिनाई भइरहेको बताउँदै सरकारले अपराधी पत्ता लगाउन विभिन्न समिति गठन गरेर काम गरिरहेको बताए ।

उनले नीतिगत स्पष्टतालाई मध्यनजर गर्दैै कृषि, उद्योग, पर्यटन, पूर्वाधार, उर्जा सम्बन्धि जुनसुकै नीतिमा सरकार स्पष्ट रहेको र विकासको गतिलाई बढाउन सबै मिलेर जानुपर्ने बताए । सुदुरपश्चिम प्रदेश विभिन्न गौरवपूर्ण इतिहास बोकेका धार्मिक आस्था,साँस्कृतिक विविधता,पुरातात्विक तीर्थाष्टन, हिमाल, पहाड भएको क्षेत्र भएको बताउँदै यो क्षेत्रको विकास गर्न सके समृद्धितिर अघि बढ्न सकिने दाबी गरे ।

प्रधानमन्त्री ओलीले खाद्यमा आत्मनिर्भर बनाउन यस प्रदेशका उर्वर भूमीलाई सदुपयोग गर्दै प्रदेश सरकारले योजना बनाउनुपर्नेमा जोड दिँदै यसलाई सदुपयोग गर्नुपर्ने बताए । उनले उद्योग खोल्न आउने उद्योगीलाई प्रदेश सरकारले जमिन उपलब्ध गराई वातावरणमैत्री नीति बनाउनुपर्नेमा समेत जोड दिए ।

उनले सुदूरपश्चिम प्रदेशमा रहेका गौरवका आयोजनालाई समयमै सम्पन्न गर्न संघीय सरकार गम्भिर भएर लागि परेको बताउँदै महाकाली, सेती, कर्णाली लगायतका ठुला नदीहरुबाट जलविद्युत तथा सिँचाई आयोजनाहरु अघि बढाउन सकिने दाबी गरे । प्रधानमन्त्री ओलीले भने ‘पञ्चेश्वर परियोजनाको चर्चा भयो तर, अघि बढेन, रानी जमरा कुलरिया सिञ्चाई आयोजना अघि बढिसकेको छ । विद्युतका अन्य आयोजना कसरी अघि बढाउने भन्नेमा सरकार लागिरहेको छ, उनले भने ।’

उनले यस प्रदेशमा रहेको छाउपडी प्रथा, जातिय छुवाछुत लगायतका विकृति र विसंगतिबारे स्मरण गर्दै भने ‘अब सुदूरपश्चिम प्रदेशमा विकृति अभियान सञ्चालन गर्न आवश्यक रहेको छ ।’