फागुन ११,
काठमाडौं -राँगोले आक्रमण गर्दा चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँमा एकजनाको मृत्यु भएको छ। शनिबार बिहान राँगोको आक्रमणबाट स्थानीय ७० वर्षीय मानवीर महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ। ‘मर्निङ वाक’मा निस्किएका महर्जनलाई राँगोले आक्रमण गरेको थियो । राँगोको आक्रमणबाट उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि कीर्तिपुर लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो । राँगोले मान्छे मारेपछि...
फागुन ११,
कपिलवस्तु- बाणगंगा नगरपालिका ४ कुवेरापुरमा गोली प्रहार गरी एक महिलाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रवि रावलले मृत्यु हुने अन्दाजी ३५ वर्षीया अनिता पौडेल रहेको पुष्टि गरे। शुक्रबार राति घरमै रहेका वेला अज्ञात व्यक्तिहरूको गोली प्रहारबाट उनको मृत्यु भएको बताइएको छ। उनको शव पोष्टमार्टमका लागि अहिले जिल्ला तौलिहवा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।...
नयाँ पत्रिका,
फागुन ११, काठमाडौं-ललितपुरको भैँसेपाटीस्थित एनसेलको कार्यालयमा शुक्रबार बेलुका भएको बम विस्फोटमा परी गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ । उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरी परिसरका डिएसपी अपिल बोहोराले जानकारी दिए । उनी पूर्व ब्रिटिस आर्मी हुन् । शुक्रबार बेलुका ८ बजेर ५ मिनेटको समयमा भएको विस्फोटमा परी प्रतीक्षा खड्का र उरुषा मानन्धर...
फागुन ११
खस्यौली- रुपन्देहीको गौरहवा गाउँपालिका–३ स्थित कटवामा एनसेलको टावरमाथि आगजनी भएको छ । गए राति भएको आगलागीबाट तार जलेर नष्ट भएको प्रहरी चौकी सूर्यपुराका प्रहरी निरीक्षक जीवराज चुँदालीले जानकारी दिनुभयो । आगलागीबाट सूर्यपुरा आसपासमा एनसेलको सेवा अवरुद्ध भएको छ । विप्लव नेतृत्वको नेकपा माओवादीले टावरमाथि आगजनी गराएको अनुमान गरिए पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
फागुन १०
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यलय धुम्बाराहीमा आज आयोजित श्रद्धाञ्जलि सभामा प्रधानमन्त्री ओलीले प्रदेशसभा सदस्य वलीको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले नेकपाका एकजना होनोहार युवा नेताको निधनले सिङ्गो पार्टी र देशलाई नै क्षति...
कञ्चनपुर — बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै पीडित परिवारले सुरु गरेको अनिश्चितकालिन धर्ना स्थगित गरिएको छ । धर्ना बसेका निर्मलाका आमाबुवा बिरामी भएपछि शुक्रबारदेखि धर्ना स्थगित गरिएको हो । हत्यारा सार्वजनिक गर्न माग गर्दै कार्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडि सुरु भएको धर्ना १ सय ५ दिनपछि स्थगित भएको हो । ज्येष्ठ...
फागुन १०,
काठमाडौँ-अष्ट्रियाले नेपालका सांस्कृतिक सम्पदा संरक्षणमा आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएकी उक्त देशकी विदेशमन्त्री करिन कनिसलले नेपाल र अष्ट्रियाबीच आज अपराह्न राजधानीमा सम्पन्न प्रतिनिधिमण्डलस्तरीय वार्तापछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै त्यस्तो घोषणा गर्नुभएको हो । “सम्पदा संरक्षणका निम्ति नेपालीलाई प्रशिक्षणमा सघाउनका साथै तत्काल एकलाख २० हजार युरो ललितपुर दरबार क्षेत्रका सम्पदा जोगाउन उपलब्ध...
फागुन १०
ललितपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोर्खा सैनिकको समस्या समाधानका लागि चासो व्यक्त गर्नुभएको छ ।
आज आफूसँग शिष्टाचार भेटका लागि पुग्नुभएका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरसँग अध्यक्ष दाहालले गोर्खा सैनिकले उठाएका माग र तिनको समाधानका बारेमा जिज्ञासा राख्नुभएको थियो । अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी सम्बन्ध...
काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि गोकुल बास्कोटाले सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने कुरा बेतुकको हल्ला मात्रै भएको बताएका छन् ।
सूचना तथा प्रविधिसम्बन्धी विधेयकबारे प्रतिनिधि सभामा सांसदहरुको जबाफ दिँदै मन्त्री बास्कोटाले नभएको कुरालाई हो भनेर समय खेर फाल्नु आवश्यक नै नभएको स्पष्ट पारे ।‘स्वतन्त्रताको सीमा हुँदैन, तर मर्यादाको चाहिँ सीमा हुन्छ त्यो नाघ्न मिल्दैन’, उनले भने, ‘सामाजिक सञ्जालमा...
१० फागुन,
काठमाडौँ : नेपाली कांग्रेसका सांसद् गगनकुमार थापाले सरकारले गलत उद्धेश्यका साथ सूचना तथा प्रविधिसम्बन्धी विधेयक ल्याएको दाबी गरेका छन् ।
फेसबुक, ट्वीटरसहितका सामाजिक सञ्जाललाई दर्ता गर्ने कुरा ठीक भए पनि यदि ती प्रविधि कम्पनी नेपालमा दर्ताका लागि आएनन् भने के गर्ने भन्ने कुरा प्रष्ट हुन नसकेको उनले जिकिर गरे । 'सामाजिक सञ्जालमा सबैभन्दा बढी मलाई होच्चाइएको होला,...


