Tuesday, June 30, 2026
Home Blog Page 1774
फागुन १०, काठमाडौं -संघीय संसदको सार्वजनिक लेखा समितिले विमान इन्जिन मर्मत तथा भाडासम्बन्धी टेन्डर आह्वान प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ। सार्वजनिक लेखा समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले १ अर्ब ५३ करोड घोटाला भएको हुन सक्ने आशंका गर्दै विमान इन्जिन मर्मत तथा भाडासम्बन्धी टेन्डर आह्वान प्रक्रिया तत्काल रोक्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र नेपाल वायु...
एजेन्सी, फागुन १० -भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण कोरिया भ्रमणको दोस्रो दिन सियोल शान्ति पुरस्कार प्रदान गरिएको छ । मोदीले पुरस्कारमा पाएको एक करोड ३० लाखको रकम नमामी गंगा प्रोजेक्टका लागि दिने घोषणा गरेका छन् । भारत र दक्षिण कोरियाले ६ सम्झौतामा हस्ताक्षर गरे । मोदी सियोल शान्ती पुरस्कार पाउने १४ औं व्यक्ति हुन् । यो पुरस्कार सन् १९८८ मा...
फागुन १० काठमाडौँ -राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले ती विधेयक प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपतिबाट आज राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक,...
फाल्गुन १०, काठमाडौँ — सीएमसी कम्पनीको लापारबाहीले गर्दा मेलम्ची खानेपानी आयोजना समयमा पुरा गर्न नसकेको खानेपानी मन्त्री बिना मगरले संसदमा जानकारी गराएकी छन् । ‘शुक्रबार प्रतिनिधिसभामा सांसदहरुले मेलम्चीबारे गरेको प्रश्नको जवाफ दिदै मन्त्री मगरले इटालियन ठेकेदार सिएमसी कम्पनी फिर्ता भएपछि केही अन्यौलता सिर्जना भएपनि सरकार त्यसको समाधानको प्रयासमा रहेको जवाफ दिइन । त्यसक्रममा उनले बाँकी मेलम्चीको काम कोमार्फत गराउने...
फागुन १०, काठमाडौं- संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगममा भएको भ्रष्टाचारमा आँखा चिम्लेर बसेको आरोप लगाएका छन्। संसदको सार्वजनिक लेखा समितिका सदस्यसमेत रहेका यादवले नेपाल एयरलाइन्सको वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचार सेलाउन नपाउँदै अन्य जहाजको इन्जिन र लिज लिने क्रममा ठूलो भ्रष्टाचार भएको बताए। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले भने,...
नयाँ पत्रिका फाल्गुण १०,काठमाडौं-आन्दोलनरत सरकारी चिकित्सकहरुले शुक्रबार देशभरका सबै अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका छन्। स्थानीय तह मातहत राख्ने गरी आएको निजामती कर्मचारी ऐन सच्याउन सरकारलाई दवाव दिँदै आएका सरकारी चिकित्सकहरुले शुक्रबार देशभरका सबै अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन् ।उनीहरुले शुक्रबार बिहान करिव १० बजेतिर वीर अस्पतालको टिकट काउन्टरमै तालाबन्दी गरेर आफ्नो सेवा बहिष्कार गरेका थिए ।...
फाल्गुन १०, काठमाडौँ — आफ्नो खेलाडीलाई कारबाही गरेको भन्दै रुस्लान धनगढी प्रिमियर लिग ९डीपीएल० क्रिकेटको शुक्रबार हुने दोस्रो क्वालिफायर खेल काठमाडौं गोल्डेन्सले बहिस्कार गरेको छ । आज महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदै थियो। काठमाडौंका म्यानेजर सञ्जय श्रेष्ठले आफ्नो टोलीले नखेल्ने निर्णय गरेको बताए। उनले भने, "सुरुदेखि नै आयोजकले आइसीसीको नियम फलो गरेका छैनन्। मैदानको...
फागुन १०, काठमाडौं-वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुईजना कामदारको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन् । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । मृत्यु हुनेमा सप्तरीका नवीन चौधरी र भूमिकुमार चौधरी रहेका छन् । नवीन र भूमिकुमार वीरको बन्दै गरेको भवनमा कार्यरत थिए । हिजो बेलुका लिफ्ट चुँडिदा ३ जना मजदुर गम्भीर घाइते भएका थिए ।...
फागुन १० तुलसीपुर -ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको तीन वर्षभित्र देशैभर विद्युत् विस्तार हुने बताउनुभएको छ । रिपोर्टर्स क्लब दाङ शाखाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले नेपालको पानी र जनताको लगानीलाई सार्थक तुल्याउने काम भइरहेको उल्लेख गर्नुभयो । “विभिन्न स्थानमा विद्युत् उत्पादनको काम भइरहेको छ, अबको पाँच वर्षमा जनताले मागेजति विद्युत् उपलब्ध गराउनेतर्फ सरकार लागेको...
फागुन १०, काठमाडौँ -संयुक्त अधिराज्यले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज उहाँकै कार्यकक्षमा भएको भेटमा उक्त देशका रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरले आफ्नो देशले नेपाललाई सक्दो सहयोग गर्ने दृढता व्यक्त गर्नुभएको हो । नेपाल–बेलायत सम्बन्धका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श भएको भेटवार्तामा बेलायतबाट नेपाललाई निरन्तर सहायता प्राप्त भएकामा मन्त्री...