Tuesday, June 30, 2026
Home Blog Page 1772
फागुन ११,कठघरामा पर्यटनमन्त्री रवीन्द्र अधिकारी अभियोग १ : संसदीय छानबिनअघि वाइडबडी जहाज खरिद प्रकरणमा आफ्नो संलग्नता देखिए राजनीतिबाटै सन्न्यास लिने घोषणा गर्नुभयो । तर, सार्वजनिक लेखा समितिको छानबिन उपसमितिले तपाईंले ‘बदनियतपूर्वक मिलेमतो गरेको’ ठहर गर्यो । दलीय राजनीतिक प्रभाव देखाएर प्रतिवेदनमा ‘बदनियतपूर्वक’ शब्द हटाएर ‘नैतिक जिम्मेवारी’ मात्र उल्लेख गराउनुभयो । राजनीतिबाट सन्न्यास लिनु त परको कुरा यत्रो गम्भीर आरोप लाग्दा मन्त्रीबाट राजीनामा दिएर...
फागुन ११, महोत्तरी-महोत्तरीको लोहारपट्टी नगरपालिकामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका ३ बस्ने ३० वर्षीय भरत यादव र २५ वर्षीय रामईश्वर यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । लोहारपट्टी नगरपालिका २ सुखैनिया बस्ने सकल मुखियाको घरमा शुक्रबार राति बच्चा जन्मेको खुशीमा भोज आयोजना गरिएको थियो । प्रहरीका अनुसार भोजमा क्यासेट बजाउन बिजुलीको...
फागुन ११, लमही -दाङ क्षेत्र नं ३ (ख)बाट निर्वाचित प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको आज दाहसंस्कार गरिएको छ । सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका सांसद ओलीको गत शुक्रबार काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।उहाँको दाङ दङ्गीशरण गाउँपालिका–६ बागरखोलामा अन्तिम दाहसंस्कार गरिएको हो । सांसद वलीको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, प्रदेश...
फागुन ११, दुल्लु-पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले राजनीतिक परिवर्तनपछि कमजोर कार्यशैलीका कारण सोचेजस्तो विकास हुन नसकेको बताउनुभएको छ पार्टीको एक महीने अभियानका क्रममा दैलेख सदरमुकाममा भएको सुशासन र सदाचार अन्तरक्रिया कार्यक्रममा उहाँले अख्तियार आयोगको जस्तै संस्थागत सुधार गर्न नसके सुशासन र सदाचार हुन नसक्ने टिप्पणी गर्नुभयो । बेलैमा ध्यान नदिए ५० वर्षसम्म पनि देश...
११ फागुन काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले अर्थ समितिको निर्देशन पालना गर्दै बक्यौता रकम नतिर्ने दूरसञ्चार कम्पनीहरु खारेज गर्ने निर्णय गरेको छ । प्राधिकरणको बोर्ड बैठकले सरकार र प्राधिकरणलाई तिर्न बाँकी रकम नतिर्ने कम्पनीहरुलाई फागुनभित्र रकम तिर्न मौका दिँदै सो नतिरेमा खारेजको प्रकृयामा लैजाने निर्णय गरेको हो । प्राधिकरणको शुक्रबार बसेको बोर्ड बैठकले अर्थ समितिको निर्देशनअनुसार फागुन मसान्तसम्ममा बाँकी...
फागुन ११ काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । धुम्वराहीस्थित ह्याम्स अस्पतालमा उपचारत नेता अधिकारीको स्वास्थ्य सुधारोन्मुख देखिएको स्वकीय सचिव महेश विष्टले जानकारी दिनुभयो । नेता अधिकारीको उपचार सघन उपचार कक्षमा ९आइसीयु० मै राखेर गरिएको छ । गत माघ २ गते उहाँको स्वास्थ्यमा समस्या देखिएर ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइएमा सुधार...
फागुन ११, काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८ औं जन्मोत्सवको अवसरमा आँपको विरुवा रोपेका छन्। बालुवाटार परिसरमा प्रधानमन्त्री ओलीले स्थानीय नसर्रीबाट ल्याएको विरुवा रोपेका हुन्। यसैगरी प्रधानमन्त्री पत्नी राधिका शाक्यले अम्बाको विरुवा रोपे। जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाएका थिए। प्रधानमन्त्री ओलीलाई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ, अभिनेत्री जया प्रदा...
फागुन ११, काठमाडौं - नक्खुमा भएको बम विस्फोटमा परेर घाइते भएकाहरूको अवस्था बुझ्न आइजिपी सर्वेन्द्र खनालसहित गृहमन्त्री रामबहादुर थापा बादल ललितपुरको मेडिसिटी अस्पताल पुगेका छन्। शुक्रबार राति साढे ८ बजे भएको बम विस्फोटमा परेर गम्भीर घाइते सिंहप्रसाद गुरुङको मृत्यु भएको छ भने अन्य दुईजना घाइतेहरूको मेडिसिटी अस्पतालमा उपचार जारी छ। शुक्रबार देशका विभिन्न ठाउँमा टेलिफोन प्रदायक कम्पनी एनसेलका टावरमाथि बम...
फागुन ११ गोरखा : गोरखा नगरपालिका वडा नम्बर १० को विरेनचोक डाँडामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ। शुक्रबार राती भएको आगजनीका कारण लगभग एक करोडको क्षति पुगेको एनसेलले दावी गरेको छ।आगजनीका कारण सोलार प्यानल, ब्याट्री, जिपिएस् पावर प्यानल जलेको एनसेलले बताएको छ। जिल्ल प्रहरी कार्यलय गोरखाका प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ। घटनाको बारेमा थप अध्ययन भइरहेको...
बीबीसी, फागुन ११, काठमाडौँ -शुक्रवार एक पत्रकार सम्मेलन गरेर पाकिस्तानी सेनाले पुलवामा भएको हमलामा पाकिस्तानलाई जबरजस्ती मुछिएको भन्दै कडा प्रतिक्रिया दिएको छ। सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले उक्त हमलाले भारतको आन्तरिक सुरक्षा व्यवस्थामाथि प्रश्न चिन्ह उठेको बताए। फेब्रुअरी १४ मा भारतीय अर्धसैनिक बल सीआरपीएफका जवानहरू चढेको गाडीको लस्करमाथि जैश-ए-मोहम्मद नामक समूहले गराएको आत्मघाती हमलामा परि ४० भन्दा धेरैको...