अज्ञात व्यक्तिबाट गोली हानी महिलाको हत्या

189
सांकेतिक तस्विर

फागुन ११,
कपिलवस्तु- बाणगंगा नगरपालिका ४ कुवेरापुरमा गोली प्रहार गरी एक महिलाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रवि रावलले मृत्यु हुने अन्दाजी ३५ वर्षीया अनिता पौडेल रहेको पुष्टि गरे। शुक्रबार राति घरमै रहेका वेला अज्ञात व्यक्तिहरूको गोली प्रहारबाट उनको मृत्यु भएको बताइएको छ। उनको शव पोष्टमार्टमका लागि अहिले जिल्ला तौलिहवा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। राति खाना खाएर बसिरहेका वेला दुई अपरिचित व्यक्तिले उनीमाथि गोली प्रहार गरेका हुन्। सँगै रहेका दुई छोरीलाई बेहोश बनाएर पौडेललाई घर बाहिर बोलाएर गोली प्रहार गरेको प्रत्यक्षदर्शीले जानकारी दिएको प्रहरीले बताएको छ। पौडेल स्थानीय होराइजन स्कुलमा कार्यालय सहायक थिइन्। उनी दुई छोरीसँग बस्थिन्। श्रीमान् भने अर्को विवाह गरी भारत बसेको स्थानीयले बताएका छन्।