गोरखामा एनसेलको टावरमा आगजनीहुदाँ एक करोड क्षति

99

फागुन ११
गोरखा : गोरखा नगरपालिका वडा नम्बर १० को विरेनचोक डाँडामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ। शुक्रबार राती भएको आगजनीका कारण लगभग एक करोडको क्षति पुगेको एनसेलले दावी गरेको छ।आगजनीका कारण सोलार प्यानल, ब्याट्री, जिपिएस् पावर प्यानल जलेको एनसेलले बताएको छ। जिल्ल प्रहरी कार्यलय गोरखाका प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ। घटनाको बारेमा थप अध्ययन भइरहेको जिल्ला प्रहरी कार्यलय गोरखाका एस् पि भोला रावलले बताएका छन्। आगजनीको जिम्मा कसैले नलिए पनि विप्लव समूहले आगजनी गरेको आश‌ंका प्रहरीले गरेको छ।