Thursday, July 2, 2026
Home Blog Page 1746
फागुन २०, भक्तपुर - मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आउनुभएको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ । गए राति ११ बजे लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।भक्तपुर जिल्लाकै ठूलो फर्निचर उद्योगको रुपमा रहेको श्रेष्ठ फर्निचर उद्योगमा...
फागुन २०, काठमाडौँ -सरकारले प्राविधिक कर्मचारीहरूको समायोजन प्रक्रिया अघि बढाएको छ। आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २ हजार १ सय प्राविधिक कर्मचारीको समायोजनको काम सम्पन्न गरेको छ। समायोजन महाशाखाका प्रमुख तथा मन्त्रालयका सहसचिव केदार पनेरूका अनुसार आइतबारदेखि करिब ५ हजार प्राविधिक कर्मचारीहरूको समायोजन प्रक्रिया अघि बढाइएको जानकारी गराए। उनले भने, ‘५ हजार प्राविधिक कर्मचारीमध्ये करिब २ हजार १...
फागुन २०, काठमाडौँ -फिल्म ‘साइँली’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको गियो । ट्रेलर हेर्नुस्:https://www.youtube.com/watch?v=KdvtXi1fBsAयस फिल्ममा मुख्य भुमिकामा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह, रहेका छन् भने प्रकाश घिमिरे, पुस्कर गुरुङ, लोकेन्द्र लेखक, किरण चाम्लिङ राई, सुस्मा निरौला, सरोज अर्याल, अरुणा कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ । यस फिल्ममा रामबाबु गुरुङका्...
फागुन२० बनियानी -झापामा दुई दिनमा १२ ग्राम लागुऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् । झापाको अर्जुनधारा नगरपालिकाबाट शनिबार राति दुई जना पक्राउ परेलगत्तै आइतबार दिउँसो मेचीनगरबाट थप एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले अर्जुनधारा–९ स्थित गोलधाममा पूर्वबाट पश्चिम आउँदै गरेको मे ८ प ९४२५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने...
(नयाँ पत्रिका) पुष्प ढुंगाना, सुवास भट्ट फागुन २०, काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिकाको गत वर्षको आन्तरिक आय ४ लाख ७८ हजार थियो । तर, गाउँपालिकाको बैंक खातामा भने ३ लाख ६० हजार मात्र दाखिला भयो । बाँकी रकम पदाधिकारी र कर्मचारीले हिनामिना गरेको महालेखा परीक्षकको कार्यालयले तयार पार्दै गरेको प्रतिवेदनमा उल्लेख छ  । जनतासँग उठाएको कर हिनामिना गर्ने वडा अध्यक्षहरू र कर्मचारीलाई...
नयाँ पत्रिका/गोपाल साउद फागुन २०, काठमाडौं । सरकारले सूचना प्रविधिको विकास, प्रवद्र्धन र नियमन गर्न तयार पारेको सूचना प्रविधिसम्बन्धी विधेयक संसद्मा विचाराधीन छ । विधेयकमा साइबर अपराधलाई नियन्त्रणसँगै सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउने भन्दै केही प्रावधान राखिएका छन् । तर, त्यस्ता व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने विपक्षी दल तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले आशंका गरेका छन् । प्रस्तावित व्यवस्थाअनुसार सामाजिक सञ्जालमा राख्न...
नेपाल समाचारपत्र/सुनील महर्जन, फागुन २०, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदालाई सत्तारुढ दलका सासंदहरुले विरोध गर्न थालेका छन् । मन्त्रालयले तयार पारेको सो विधयेकले संघीयतालाई ठाडो नकार गरेको विषयमा नेपाल नगरपालिका संघ, गाउँपालिका महासंघले विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरुसँग संघीय सांसदहरुको ध्यानाकर्षण गराउँदा उनीहरुले त्यसको विरोध गरेका हुन् । संघले एकपछि अर्को...
नेपाल समाचारपत्र फागुन २०, काठमाडौ । युवा स्वरोजगार कोषबाट रकम लिई कालो सूचीमा परेका तरकारी तथा फलफल सहकारी महासघंका केन्द्रिय अध्यक्ष, जिल्ला सहकारी संघका अध्यक्ष समेत रहेका धुलिखेल नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष विनोद पराजुली विरुद्ध अख्तियारमा उजुरी परेको छ । अध्यक्ष पराजुली कालो सूचीमा रहँदा रहँदै वडा अध्यक्षको उम्मेदवार भई निर्वाचित भएका थिए । जिल्ला सहकारी संघमा...
फागुन २०, काठमाडौँ । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । पर्वका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बिहानैदेखि लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाममा बसेका छन् । आज पशुपति मूल मन्दिर प्रवेशका लागि बाहिरबाट तीन मूल मन्दिर...
फागुन १९, भक्तपुर । हिन्दुहरुको पर्व महाशिवरात्री भोली सोमबार मनाइदैं छ । सो पर्वका लागि केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा नेपालका अन्य जिल्ला तथा भारतबाट आए बाबाहरुको उपस्थिती बाक्लो हुन् थालेको छ । विगतका वर्षहरुमा जस्तै यो वर्षपनि २ सय भन्दा धेरै बाबाहरु मन्दिर परिसरमा आइसकेका छन् । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले को तयारी पूरा भएको...