डोलेश्वर मन्दिरमा थरिथरि ‘बाबा’ तस्विरमा हेर्नुहोस्

229

फागुन १९, भक्तपुर । हिन्दुहरुको पर्व महाशिवरात्री भोली सोमबार मनाइदैं छ । सो पर्वका लागि केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा नेपालका अन्य जिल्ला तथा भारतबाट आए बाबाहरुको उपस्थिती बाक्लो हुन् थालेको छ । विगतका वर्षहरुमा जस्तै यो वर्षपनि २ सय भन्दा धेरै बाबाहरु मन्दिर परिसरमा आइसकेका छन् ।
केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले को तयारी पूरा भएको जनाइएको छ । महाशिवरात्री पर्वमा डोलेश्वरमा देश विदेशबाट साधु–सन्तहरुलाई श्रेणीमा वर्गीकरण गरि दक्षिणा दिईने प्रचार प्रसार उपसमिति संयोजक एवम् समितिका सचिव विश्वराम थापाले जानकारी दिए ।

 

 

क वर्गका साधुसन्तका लािग एक हजार एक सय एघार, ख वर्गका लागि ७ सय ७७ र ग वर्गका लागि ५ सय ५५ रुपैयाँ दक्षिणा तथा प्रति साधुलाई एक थान कम्बल र एक थान धोती प्रदान गरिनेछ ।
मन्दिर परिसरमा जम्मा भएका साधुसन्तलाई समितिले खानपानलगायत धुनी बाल्न दाउराको समेत ब्यवस्था गरिएको छ । महाशिवरात्री पर्व सम्पन्न गर्न करिब ६ लाख खर्च हुने अनुमान गरिएको समितिका कोषाध्यक्ष मोहन बल्लको भनाई छ ।
शिवरात्रीका दिन पञ्चस्नानको लागि एक हजार एक सय र महाशिवरात्रीको दिन चार प्रहर पूजामा सम्मिलित हुन चाहाने भक्तजनहरुका लागि ३ हजार ३ सय ३३ को रसिद काटी पूजामा सामेल गराईने छ ।
त्यसैगरी मन्दिरको वार्षिक कार्यक्रमअनुसार शिवरात्रीका लागि सर्वसाधारण भक्तजनहरुका लागि मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि १२ बजेसम्म गर्भ गृहमा प्रवेशका लागि खुला गरिनेछ ।