फागुन १९,
काठमाडौं । नेपाल प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकको चौतारा साँगा चोकगढी नगरपालिका–१० कार्कीटारबाट गए राति एक व्यक्तिको घरमा सुतिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई राज्य विरुद्धको अपराधअनुसार मुद्दा चलाइने र थप अनुसन्धानका लागि आज जिल्ला अदालतबाट १०...
फागुन १९,
काठमाडौँ । पश्चिमी वायुको प्रभावले मौसममा सामान्यदेखि पूर्ण बदली भई आगामी तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर आज राति देशका पूर्वी, मध्य र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बद्ली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा र उच्च पहाडी तथा हिमाली...
प्रदेश
मुख्यमन्त्री पोखरेल र जर्मनीका राजदूत बिच भेट, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चासो व्यक्त
फागुन १९
बुटवल -प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग जर्मनीका राजदूत रोल्याण्ड स्याफरसहितको एक टोलीले आज मुख्यमन्त्री कार्यालयमा भेट गरेको छ । भेटमा टोलीले प्रदेश सरकारका प्राथमिकता, हालसम्म भएका काम र सहयोगका क्षेत्रबारे जानकारी लिएको छ । भेटमा मुख्यमन्त्री पोखरेलले सङ्घीयता कार्यान्वयनको पहिलो वर्षमा रहेको प्रदेश सरकारले अहिले कानून निर्माण र आवधिक योजना निर्माणलाई प्राथमिकता दिएको तथा सङ्घीय संरचनाअनुसार साङ्गठनिक...
फागुन १९, काठमाडौं । केही दिन पहिले हेलिकाप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीको सम्झनामा पीएन साँइलाले ‘सारङ्गी रेटेर’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा शब्द श्यामसुन्दर पुडासैनीको रहेको छ । मन्त्री अधिकारीको राजनीतिक जीवनका योगदानको चर्चा गरिएको गीतमा उनको विद्यार्थी राजनीतिदेखि मृत्यु अगाडि सम्मको योगदानको वर्णन गरिएको छ । गीत युट्युव मार्फत सार्वजनिक गरिएको हो । गीतमा...
समाचार
प्रधानमन्त्रीले उद्घाटन गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ उद्घाटन कार्यक्रममा लाखौंको भ्रष्टाचार
फागुन १९
सुर्खेत - प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारातालबाट बैशाख १ गते उद्घाटन गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ मा प्रदेश सरकारले ३७ लाख भन्दा बढी भ्रष्टाचार गरेको पाइएको छ। सार्वजनिक लेखा समितिले पाँच महिना लगाएर गरेको छानबिनका क्रममा उक्त रकम भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो। समितिले अनियमितता र भ्रष्टाचारमा संलग्नहरुलाई कारबाही गर्न निर्देशन दिँदै मुख्यमन्त्रीलाई प्रतिवेदन बुझाएको छ।महालेखा परीक्षकको प्रतिवेदनमा...
बीबीसी, फागुन १९
काठमाडौँ -चालकको लापरवाही, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र यात्रुको पनि असावधानीजस्ता मानवीय त्रुटि नेपालमा हुने अधिकांश सडक दुर्घटनाको मुख्य कारण भएको अधिकारी तथा विज्ञले बताएका छन्। सडक दुर्घटनाका कारण नेपालमा बर्सेनि औसतमा दुई हजारभन्दा बढीको ज्यान जाने गरेको भए पनि यस्ता मानवीय त्रुटि कम गर्ने सम्बन्धित पक्षले खासै ध्यान नदिएको विज्ञहरूको आरोप छ। अधिकारीहरू भने सडक...
फागुन १९
काठमाडौँ -नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी उच्च विचार बोक्ने निष्ठावान र जनताको भावना बुझ्ने सच्चा कम्युनिष्ट नेता भएको विभिन्न दलका नेताहरुले बताएका छन् ।मनमोहन स्मृति प्रतिष्ठान र मनमोहन पोलिटेक्निकका अध्यक्ष तथा नेपाली कम्युनिष्ट आन्दोलनका अथक योद्धा अधिकारीलाई नेताले सादा जीवनका पक्षपोषक, चिन्तनशील, कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्छ भनेर निरन्तर लाग्ने राजकीय रुपमा...
फागुन १९,
काठमाडौं– नेपालमा सामाजिक सञ्जाल फेसबुक र ट्वीटर बन्द गर्नेबारे कुनै तयारी नरहेको सरकारले स्पष्ट पारेको छ । सूचना विभागको नाम राखी फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जाल बन्द गरिन लागेको भन्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण पोस्ट गरिएको पाइएको भन्दै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।प्रेस विज्ञप्ती
फागुन १९
काठमाडौँ -शिवरात्रीमा हुने भीडभाडलाई मध्यनजर राख्दै महानगरीय ट्राफिक प्रहरी मशाखाले गौशाला आसपासका १० रुटमा सोमबार बिहानदेखि गाडी चल्न रोक लगाएको छ । चावहिलबाट गौशालातर्फको सडक, पुरानो बानेश्वर–गौशाला, तिलगंगाबाट गौशालतर्फ, सिफलचौरबाट जयबागेश्वरीतर्फ लगायतका १० स्थानका रुटमा सवारी निषेध गरिएको ट्राफिक महाशाखाका प्रमुख (एसएसपी) बसन्त पन्तले जानकारी दिए । ‘सवारी निषेध गरिएका रुटमा बिहान गाडी चल्न पाउँछन्’, एसएसपी पन्तले भने,...
एजेन्सी ,फागुन १९,
नाइजेरिया – नाइजेरियाको पूर्वी क्षेत्रको नेम्बेमा तेलको पाइप विस्फोटन हुँदा ५० भन्दा बढीको मृत्यु भएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान भएको घटनामा परी उनीहरुको मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् । पेट्रोलियम पदार्थको सो पाइप विस्फोटन भएपछि आगलागी हुनुका साथै धुँवा समेत उठेको अधिकारीहरुले बताएका छन् । सो पाइपबाट पेट्रोलियम पदार्थ आयात गर्ने कुनै...

